News

अब एमसीसी खारेज गरे नेपालको इतिहासमा हिरो बन्नेछन् प्रधानमन्त्री ओली

काठमाडौं – एमसीसी परियोजनाबारे छलफल गर्न नेकपा सचिवालयको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ । यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाएर एमसीसीबारे नेकपाले छलफल गरेको थियो ।

सम्भवतः आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने नेकपाको तयारी छ ।संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुङ्गो लगाउन नेकपामाथि दबाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ ।

पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ । अब एमसीसी परियोजना खारेज गरे नेपालको इतिहासमा प्रधानमन्त्री केपी शर्मा ओली हिरो बन्ने सामाजिक संजालमा टिप्पणीहरु आउन थालेको छ ।

Related Articles

Back to top button
Close