News

दुर्घटनामा गाउँपालिका अध्यक्ष शर्माको मृत्यु

काठमाडौं। नवलपरासीमा सवारी दुर्घटनामा गाउँपालिका अध्यक्षको मृत्यु भएको छ । प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्यु भएको हो।

गाउँपालिका अध्यक्ष शर्मा सवार लु १ झ ३७० नम्बरको गाडी पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका ४ स्थित लक्ष्मीनगरको पुलमा ठोक्किएर खोलामा खसेको छ । गाउँपालिका अध्यक्ष शर्मा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सकेर गाउँपालिका फर्किने क्रममा दुर्घटनामा पर्नुभएको हो ।

दुर्घटनामा गम्भीर घाइते शर्माको नजिकको चिसापानी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक घाइते भएका छन् ।

शर्मा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष बन्नु भएको हो । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा ४ हजार ४ सय ३६ मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

Related Articles

Back to top button
Close