News

भारतबाट कैलालीका नदीमा आइपुगे डल्फिन

धनगढी: शनिबार कैलालीको मोहना, पथरैया र काँडा नदीमा डल्फिन देखिएका छन्। विश्वमै दुर्लभ ग्यांगेटिक जातका डल्फिन भारतबाट कैलालीका विभिन्न नदीसम्म आइपुगेका हुन । एक ठाउँबाट अर्को ठाउँमा बसाइ सर्न मन पराउने उनी हरु भारतको घाँघरा नदी हुँदै आएका छन्।अन्य वर्षमा असार दोश्रो, तेश्रो सातादेखि आउने गरेको भए पनि यस वर्ष समयमै पानी परेपछि जेठ अन्तिममै डल्फिन देखिएका हुन।

असारदेखि असोजको महिनासम्म यी नदीमा डल्फिन सजिलै देख्न सकिन्छ। शनिबार दिउँसो मोहना र पथरैया नदीको दोभान क्षेत्र मा दुई वटा डल्फिन देखा परेको डल्फिन संरक्षण उपकेन्द्र ढुंगाना टोलका अध्यक्ष भोजराज ढुंगानाले बताए।डल्फिन हेर्न मोहना, पथरैया र काँडा नदीको दोभानमा विदेशी तथा नेपाली पर्यट आउने गरेका छन्। यी नदीमा डल्फिन हेर्न नेपाली पर्यटक लगायत अमेरिका, इंगल्याण्ड, थाइल्याण्ड, अस्ट्रेलिया, फ्रान्स, भारतबाट वर्षायाममा पर्यटक आउने गरेका छन् । असार देखि असोजको महिनासम्म यी नदीमा डल्फिन सजिलै देख्न सकिन्छ ।

शनिबार दिउँसो मोहना र पथरैया नदीको दोभान क्षेत्रमा दुई वटा डल्फिन देखा परेको डल्फिन संरक्षण उपकेन्द्र ढुंगाना टोलका अध्यक्ष भोजराज ढुंगानाले बताए । ‘आज दिउँसो दोभानमा दुई वटा डल्फिन देखा परेका छन्’, ढुंगानाले भने, ‘स्वच्छ र कम गहिरो हुने हुनाले बच्चा हुर्काउन वर्षेनी डल्फिन भारतबाट यहाँ आइपुग्छन् ।’

Related Articles

Back to top button
Close