vada
News

साउदीबाट नेपाली ल्याउन जुन १५ मा हुने भनिएको उडान स्थगित

३२ जेठ, दोहा ।साउदी अरवबाट आगामी जुन १५ का दिन हुने भनिएको हिमालय एयरलाइन्सको उडान स्थगित भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूताबासका अनुसार वायुसेवाको नयाँ उडान र मिति तथा नयाँ हवाई भाडादरका बारेमा अर्को सुचना प्राप्त हुनासाथ जानकारी दिइने जनाएको छ ।

हवाई उडानका लागि आवश्यक पर्ने पिसिआर वा आरडीटी जस्ता स्वास्थ्य सम्बन्धी परीक्षण पनि हाललाई नगर्न अनुरोध गरिएको दूताबासले जनाएको छ ।

यस अघि दूताबासले साउदीबाट जुन १५ देखि १८, १९ र २४ मा उडान हुने दूताबासले जनाएको छ । तत्कालको लागि साउदीको रियाद, दमाम, र जेद्धा शहरबाट चार्टर उडान मार्फद स्वदेश फर्कन सकिने जनाएको थियो ।

दूतावासका अनुसार तत्काल २५ सय भन्दा बढि नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था छ भने १० हजारभन्दा बढीले स्वदेश फर्कन पाऊँ भन्दै फारम भनेको दूताबासले जनाएको छ । साउदीमा करिब तीन लाख बीस हजार नेपाली कामदार कार्यरत रहेका छन् ।

Related Articles

Back to top button
Close