News

घरबाट कहिल्यै बाहिर ननिस्केका ५ बर्षिय बालकको पनि कोरोनाका कारण मृ’त्यु ,

वीरगन्ज। उपचारको क्रममा शुक्रबार वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृ’त्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहका अनुसार शुक्रबार अपरान्ह स्वाब लिइएको ती बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । बाराको निजगढ नगरपालिका–६ योजनाटोल निवासी ती बालकलाई शुक्रबार बिहान ११ बजेतिर वीरगन्ज हेल्थ केयर हस्पिटलमा ल्याइएको थियो ।

‘बालकमा नि’मोनिया र ज्व’रो देखिएपछि आकस्मिक कक्षमै आरडीटी परिक्षण गरिएको थियो,’ हेल्थ केयर अस्पतालका सञ्चालक डा.अबुल हैस अन्सारीले भने, ‘आरडीटी पोजिटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा सारेर नारायणी अस्पतालको टोली बोलाइएको थियो । नारायणीको टोलीले गरेको आरडीटी परीक्षण पनि पोजिटिभ आएपछि थ्रोट स्वाब संकलन गरिएको थियो ।’ डा. अन्सारीका अनुसार करिब २ बजे स्वास्थ्य अ’वस्था खराब भएपछि बालकलाई भेन्टिलेटरमा राखिएको थियो ।

अस्पतालका सञ्चालक डा. अन्सारीले भने, ‘साढे ४ बजे उनको मृ’त्यु भयो ।’ बालकलाई उनका आमाबुबाले अस्पताल लिएर आएका थिए । निजगढको सामुदायिक अस्पतालबाट ती बालकलाई वीरगन्ज रिफर गरिएको थियो । डा.उदयनारायण सिंहका अनुसार बालकको परिवारको यात्रा विवरण पनि बाहिरबाट आएको देखिएको छैन । डा.सिंहले भने, ‘कहिलेकाहीँ बजार बाहेक बाहिर गएका छैनन्, यसअघि निजगढमा कोरोना संक्रमणसमेत देखिएको छैन ।’

बालकको उपचारमा संलग्न सामुदायिक अस्पताल निजगढ र वीरगन्ज हेल्थ केयर हस्पिटलका स्वास्थ्यकर्मी र चिकित्सकको पनि स्वाब परीक्षण गरिने उनले बताए । परिवारिक सदस्यको पनि कन्ट्याक्ट ट्रेसिङको कार्य थालिएको डा. सिंहले जनाए । बालकको श’व लिन बाराबाट सेनाको टोली आइपुगेको वीरगन्ज हेल्थ केयर हस्पिटलका सञ्चालक डा. अन्सारीले बताए ।

यो पनि – सुदूरपश्चिममा एकै दिन थपिए ६४ जना नयाँ कोरोना संक्रमित’
धनगढी । सुदूरपश्चिममा एकै दिन ६४ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालाले शनिबार विज्ञप्ती जारी गर्दै प्रदेशको कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बझाङका जिल्लामा नौ जना महिला र ५५ पुरुष गरी ६४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

सुदूरपश्चिममा सबैभन्दा बढी डडेल्धुरामा २४, कञ्चनपुरमा २१, कैलालीमा ११, बझाङमा पाँच र डोटीमा तीन जनामा कोरोना पुष्टि भएको जनाइएको छ । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या दुई सय ५५ पुगेको छ । यसअघि प्रदेशमा सोमबार सबैभन्दा बढी ३७ जना कोरोना संक्रमित पुष्टि भएका थिए ।

शनिबार डडेल्धुरा नवदुर्गा गाउँपालिकाका २३, २०, २१, ३२, ३५, ३५, ३६, २५, ३४, १९, २५, ३२, २७, ३०, २७, २४, ३०, १९, २१, २४, ४०, ३५ वर्षीय पुरुष र २७ वर्षीया महिला, अमरगढी नगरपालिकाकी ३३ वर्षीया महिला गरी २४ जना, कञ्चनपुरको लालझाडी गाउँपालिकाका २०, २२, ३३, ३३, २०, ३२, १९, ३४, २१, १९, १८, २६ वर्षीय पुरुष र २२, १९ वर्षीया महिला, महाकाली नगरपालिकाका ३६, ३२ र २४ वर्षीय पुरुष तथा वेदकोट नगरपालिकाका १३ वर्षीय पुरुष, पुनर्वास नगरपालिकाका २५ र ३८ वर्षीय पुरुष गरी २१ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

यस्तै, कैलालीको चुरे गाउँपालिकाका २४, २२, १८, १९ र २६ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिकाका ४५ र ४४ वर्षीय पुरुष, गोदावरी नगरपालिकाको २५ वर्षीय पुरुष र १९ वर्षीया महिला, लम्की चुहा नगरपालिकाको ३४ वर्षीय पुरुष, टीकापुर नगरपालिकाका २० वर्षीय पुरुष गरी ११ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

बझाङको विथ्थडचिर गाउँपालिकाका ८ वर्षीय पुरुष र २९ वर्षीया महिला, केदारस्यू गाउँपालिकाका १८ र २४ वर्षीय पुरुष र खप्तडछान्ना गाउँपालिकाका ३२ वर्षीया महिला गरी पा“च जनामा कोरोना पुष्टि भएको हो । डोटीको जोरायल गाउँपालिकाका ४२ वर्षिय पुरुष र २६ वर्षीया महिला र सायल गाउँपालिकाका ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

Related Articles

Back to top button
Close