अब हाम्रो भुमीमा बसेका भारतीय सेना हटाउने कार्य तुरुन्तै शुरु होस्- रबि
काठमाडौं : न्युज २४ टेलिभिजन बाट प्रसारित सिधाकुरा जनता सँगका कार्यक्रम प्रस्तोता तथा संचारकर्मी रवि लामिछानेले राष्टियताको विषयमा सवै दल एक ठाउँमा उभिएर गरेको आजको ऐतिहासिक निर्णयप्रति धन्यवाद व्यक्त गरेका छन् । लामिछानेले आफ्नो सामाजिन संञ्जाल फेसबुकमा एउटा पोष्ट गर्दै लेखेका छन् । २५८ मतले (उपस्थितिको १००% मतले) नेपालको संबिधान संशोधन भएको छ।
कालापानी,लिपुलेक,लिम्पियाधुरा सहितको देशको नक्सा जारी गर्ने ऐतिहासिक कार्यकालागि सरकार,प्रतिपक्षी दलहरुका माननीय प्रतिनिधिसभा सदस्य ज्युहरुलाई धेरै धन्यवाद,हामी सम्पुर्ण नेपालीलाई बधाई।यो राष्ट्रिय एकता कायम रहोस्।अब हाम्रो भुमीमा बसेका बिदेशी सेना हटाउने कार्य तुरुन्तै शुरु होस्।
२५८ मतले (उपस्थितिको १००% मतले) नेपालको संबिधान संशोधन भएको छ। कालापानी,लिपुलेक,लिम्पियाधुरा सहितको देशको नक्सा जारी…
Gepostet von Rabi Lamichhane am Samstag, 13. Juni 2020