News

यस्ता घरधनीले लकडाउनमा घरभाडा माग्न नपाउने

काठमाडौं, १९ वैशाख । घरभाडा मिनाहा सम्बन्धी सरकारले गरेको निर्णयवारे अन्यौलता उत्पन्न भएपछि फेरी मन्त्रीपरिषद बैठकले थप स्पष्ट पारेको छ । लामो समयसम्मको लकडाउनका कारण अप्ठेरोमा परेका मजदुर र दैनिक ज्यालादारहरुलाई दैनिक खर्च टार्न समस्या हुने भएकाले सरकारले घरधनीहरुलाई एक महिनाको घरभाडा मिनाहा गर्न अनुरोध गरेको थियो ।

सो विषयमा समाचार सार्वजनिक भएपछि आफ्नै तरिकाले ब्याख्या गर्न गर्न थालिएपछि सरकारले थप स्पष्ट पारेको हो । आइतवार बसेको मन्त्रीपरिषद्को बैठकले सरकारले घर भाडा मिनाहाबारे थप निर्णय गरेको छ । बैठकले कोभिड १९ को कारण प्रभावित क्षेत्रहरूको लागि राहत, करछुट तथा सुविधा स्वीकृत गर्दै घर बहाल छुट बारे थप स्पस्ट पारेको हो ।

जस अनुसार सम्बन्धित घरधनीले रोजगारीका कारण रोजगारी वा काम गुमाएका असंगठित बाहेकका अन्य श्रमिकसँग लकडाउन अवधिभर घरभाडा माग गर्न नपाउने भएका छन् । साथै निजहरुले आम्दानी गरेपश्चात घरबहाल रकम भुक्तानी गर्न पाउने सुविधा प्रदान गर्ने निर्णय समेत सरकारले गरेको छ ।

घरभाडा छुट गरेका घर मालिकलाई सो महिनाको घरबाहल कर र त्यसबाट हुने आय कर छुट गर्ने निर्णय यसअघि नै सरकारले गरिसकेको छ । सो अनुसार घर भाडा मिनाहा भए(नभएको अनुगमन स्थानीय तहबाट हुने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

Related Articles

Back to top button
Close