vada
Intresting

रातो खुर्सानी खाने मानीसको आयु लामो आजै देखी बानी बसाल्नुहोस रातो खुर्सानी खाने

खुर्सानी खानाले आयु लामो हुने कुरा तपाई पत्याउनु हुन्छ कि हुन्न तर एक अनुसन्धानबाट भने रातो खुसानी खाने मानिसको आयु लामो हुने तथ्य फेला परेको छ । स्वस्थ्य रहनका लागि र आफ्नो दीर्घायुका लागि मानिसले हरेक उपाय अपनाइरहेका हुन्छन् । यसैबीच लामो आयुका लागि रातो खुसार्नीको प्रयोग गर्नु पर्ने तथ्य फेला परेको छ ।

अमेरिकाको लर्नर कलेज अफ मेडिसिनमा युनिभर्सीटी अफ भर्मन्टका शोधकर्ताहरुले रातो खुर्सानी खाने मानिसको आयू सामान्यभन्दा १३ प्रतिशत लामो हुने निष्कर्ष निकालेका छन् । शोधकर्ताका अनुसार रातो खुर्सानी सेवन गर्ने मानिसको शरीर कोलेस्ट्रोलको मात्रा कम हुने गर्दछ भने यसले हृदयघात हुनबाट जोगाउँछ । उनीहरुले राष्ट्रिय स्वास्थ्य तथा पोषण विभागको सहकार्यमा करीब १६ हजार अमेरिकनहरु माझमा २६ वर्ष लगाएर परीक्षण गरेका थिए ।

अनुसन्धानमा संलग्न मेडिकल विद्यार्थी मुस्ताफा चोपान र मेडिसिनका प्राध्यापक बेन्जामिन लिट्टेनबर्गले लिएको डाटा संकलनबाट यस्तो तथ्य आएको हो । परीक्षणबाट ४ हजार ९ सय ४६ जना चाडैं उमेरभन्दा चाडै बित्ते भने ११ हजार मानिसहरु (जसले नियमित खोर्सानी खाँदै आइरहेका थिए) बाँचिरहेका छन् ।

यो समाचार पनि पढ्नुहोस

विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गिब्रिएसुसले को’रोना पो’जिटिभ आमाको दूधबाट नवजात शिशुमा को’रोना नसर्ने बताएका छन्। टेड्रोसले आमाहरुलाई ढुक्क भएर आफ्ना बच्चालाई स्तनपान गराउन आग्रह गरेको बीबीसीले जनाएको छ।

जेनेभास्थित डब्लूएचओको मुख्यालयमा अयोजित पात्रकार सम्मेलनमा पत्रकारको प्रश्नको उत्तर दिँदै टेड्रोसले अध्ययनअनुसार स्तनपान बच्चाका लागि हानिकारक नभएर फाइदाजनक भएको स्पष्ट पारे।

उनले भनेका छन्,‘ठला मानिसलाई भन्दा बच्चालाई को’भिड–१९ को ख’तरा कम हुन्छ। तर यस्ता कयौं रोग छन् जसले बच्चालाई हानी पुर्याउँछ तर स्तनपान त्यस्ता बिमारलाई रोक्नसक्छ। अध्ययनअनुसार पाइएका प्रमाणबाट हामी यो भन्न सक्छौ कि स्तनपानको फाइदा धेरै छ।’ डब्लूएचओका रिप्रोडक्डिभ हेल्थका सल्लाहकार डाक्टर अंशु बनर्जीले हालसम्म आमको दूधमा सक्रिय भा इरस नदेखिएको जानकारी दिए।

Related Articles

Back to top button
Close