Entertainment

लकडाउनमा कुकुरसँग रमाउँदै स्वस्तिमा

लकडाउनले सबै मानिसहरु घरभित्रै दिन गुजार्दै छन् । लगभग ३ महिनासम्म बाहिर निस्कन नपाउदा सबैमा छटपटि हुनु स्वाभाविक कुरा पनि हो ।

कलाकारहरुलाई त झन धेरै गाह्रो भएको हुनुपर्छ । दैनिक पर्दामा व्यस्त हुने कलाकारहरु त झन बन्दाबन्दीले सजाय नै भोगेजस्तो महसुस गरीरहेका छन् ।

उनीहरुले सामाजिक सञ्जालमार्फत दैनिक आफ्नो अभिव्यक्ति दिदै आएका छन् । यसै क्रममा नायिका स्वस्तिमा खड्काले कुकुरलाई काखमा राखेको सुन्दर तस्वीर सेयर गरेकी छिन् । उनि कुकुरसँग रमाएर लकडाउन कटाउदैछिन् । यसअघि उनले ‘उसले भन्यो हे नानी गाजले म त म’रे लाजले’ क्याप्सन लेखेर शेयर गरेको तस्बिरले पनि निकै चर्चा पाएको थियो ।

उनि समय समयमा सामाजिक संजालमा तस्बिर शेयर गरेर दर्शकसँग जोडिइरहन्छिन् ।

Related Articles

Back to top button
Close