News

नयाँ नक्सा निकालेकोमा ओली सरकारलाई धन्यवाद

काठमाडौं, ३१ जेठ । सरकारको विरोधमा आज (शनिबार) माईतीघरमा बृहत्त प्रदर्शन हुँदैछ । विहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालित छन् । माईतीघर आउने चारै दिशाका सडकको मुखमा प्रहरीहरु खटिएका छन् ।

सरकारको विरोधमा गरिने भनिएको यो विरोध प्रदर्शनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितका नयाँ अद्यावधिक नक्सासहितको ब्यानर लिएर युवाहरु उत्रिएका छन् ।

ब्यानरमा नेपाल सरकारलाई धन्यवाद दिईएको छ। तर, दश अर्बको हिसब खोई ? भ्रष्ट ती नेताहरु भने चिल्लो गाडीमा, हामी युवाहरु भने सधैं साउदी अरबको खाडीमा, आखिर कहिलेसम्म ? इनफ ईज ईनफ पनि सोही ब्यानरमा लेखिएको छ ।

Related Articles

Back to top button
Close