vada
News

सरिता गिरीलाई सांसद पदबाटै बर्खास्त गरिदै

काठमाण्डु, ३१ जेठ–समाजवादी पार्टीले सांसद सरिता गिरीमाथि कारबाही गर्ने भएको छ ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको अध्यावधिक नक्सा अनुसार निशानछापका लागि संविधान संशोधन प्रस्ताव गरेपछि गिरीले उक्त प्रस्ताव खरेजीको माग गर्दै अर्को संशोधन दर्ता गराइकी थिइन् ।

तर, समाजवादीले भने संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । गिरीलाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन समाजवादी पार्टीले निर्देशन दिएको थियो । पार्टीले प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिँदासमेत गिरीले अस्वीकार गरेकी छन् ।

समाजवादी पार्टीसमेत एकीकरण भएर बनेको जनता समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । समाजवादीका एक नेताले अन्तिम समयसम्म पनि पार्टी ह्वीप नमाने गिरीलाई सांसद सदस्यबाटै हटाउने गरी सिफारिस गर्ने सम्भावना छ ।

अपराह्न १ बजे बोलाइएको संसद बैठकअघि समाजवादीको संसदीय दलको बैठक बस्दैछ ।

Related Articles

Back to top button
Close