vada
News

भर्खरै काठमाडौंबाट आयो फेरि अर्को दुखद खबर !

काठमाडौंः काठमाडौं उपत्यकामा हाल ४० जना कोरोना संक्रमित छन् ।

काठमाडौंमा ३१, भक्तपुरमा ६ र ललितपुरमा ३ जना कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये काठमाडौंमा ५ र भक्तपुरमा २ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

ललितपुरका संक्रमित भने कोही निको भएका छैनन् । त्यहाँ एकजनाको मृत्यु भइसकेको छ भने बाँकी दुईजनाको उपचार भइरहेको छ ।

हाल उपत्यकामा भएका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्ट गेट, मैतीदेवी, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तारकेश्वर र गोकर्णेश्वर लगायतका ठाउँमा रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि कोरोना बिरामीमुक्त भएको काठमाडौंमा फेरि संक्रमित बढ्न थालेका हुन् । काठमाडौं कोरोना बिरामीमुक्त भएपछि यहाँ लकडाउन खुकुलो बनाइएको थियो । बाहिरका जिल्लाबाट सहजै उपत्यका प्रवेश दिइएको थियो ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरे पनि उपत्यकामा लुकिछिपी मानिसहरू उपत्यका भित्रिए ।

कोरोना संक्रमित देखिएपछि उपत्यकाका जोखिमपूर्ण विभिन्न ठाउँहरूलाई सिल गरिएको थियो । अहिले लकडाउन खुकुलो भएसँगै फेरि संक्रमित थपिने हुन् कि भन्ने चिन्ता थपिएको छ ।

Related Articles

Back to top button
Close