विदेशबाट फर्किनेहरुको लागि सरकारले घटायो जहाज भाडादर ( हेर्नुहोस् नयाँ भाडादर )
काठमाडौं ३० जेठ / कोरोना भाइरस (कोभिड-१९) का कारण विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई सरकारले जेठ ३२ गतेदेखि असार ११ गतेसम्म पहिलो चरणको उद्धार गर्ने भएको छ ।
विदेशबाट नेपाल फर्कन दूतावासमा फारम भरेकाहरु मध्य प्राथमिकतामा परेकाहरुले नेपाल फर्कदा लाग्ने खर्च आफैले बेहोर्नु पर्नेछ । जहाज भाडा देखि लिएर क्वारेन्टाइन खर्च आफैले बेहोर्नु पर्ने सरकारले जारी गरेको सुचनामा उल्लेख छ ।
अलपत्र नेपालीहरुलाई नेपा एयरलाइन्स , हिमालय एयरलाइन्स र केहि विदेशी जहाजहरुले नेपाल ल्याउने तयारी पूरा भइसकेको छ ।
त्यस्तै गत २३ गते शुक्रबार युएई सरकारले आफ्नै चार्टर जहाजमा १ सय ६८ नेपालीलाई स्वदेश ल्याइदिएको थियो भने सोहीदिन म्यानमार सरकारले पनि २६ अलपत्र नेपालीलाई स्वदेश ल्याइदिएको हो । बिहिबार र शुक्रबार कुवेत सरकारले जजिरा एयरलाइन्सको जहाजबाट ५ सय भन्दा बढी कुवेतमा आममाफी पाएर बसेका नेपाली महिलाहरुलाई नेपाल ल्याइदिएको हो ।
त्यस्तै सरकारले यसअघि सार्वजनिक गरेको भाडादरमा चर्को वि रोध भएपछि भाडादर घटाएको छ । हेर्नुहोस् कुनदेशको लागि कति छ नयाँ भाडादर ।
अमेरिकन डलरमा नयाँ भाडा