News

कोरोना पोजेटिभ देखिएका ५ वर्षीय बालकको मृत्यु, अन्तिम रिर्पोट आउँन बाँकी

काठमाडौं । विश्वभर महामारीको रुपमा रहेको कोरोनाभाइरसको असर नेपालमा गम्भीर देखिएको छ । आरडीटी पोजेटिभ देखिएका ५ वर्षीय बालकको मृत्यु भएको खबर आएको छ । बारा, निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

निजगढबाट ल्याइएका उनलाई शुक्रबार ११ बजे अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । निमोनियाले ग्रस्त उनको दिमागको नसा सुकेको हुनसक्ने अनुमान गरिएको छ ।

चिकित्सकको सल्लाहअनुसार भेन्टिलेटरमा राख्न पूर्व आरडीटी परीक्षण गरिएको थियो । उनको आरडीटी रिपोर्ट पोजेटिभ आएको छ । तर, स्वाब संकलन गरेर पीसीआर टेस्टका लागि नारायणीको ल्याबमा पठाइएको छ । कोरोनाको अन्तिम रिपोर्ट आउन बाँकी रहेको छ ।

Related Articles

Back to top button
Close