News

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौ/नेपाली बजारमा आज जेठ ३० गते शुक्रबार छापावाल सुन ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । हिजो जेठ २८ गते बिहिबार छापावाल सुन साेहि मुल्यमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य ८९ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको छ। जेठ २५ गते देखि तोक्न सुरू भएको सुनको मुल्य दैनिक रेकर्ड बनाउँदै आएको छ । तर आज सुनको भाउ स्थिर रहेको हो ।

चाँदीको मूल्य आज १५ रुपैँयाले घटेको छ। शुक्रबार चाँदी प्रतितोलाको मूल्य ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

Related Articles

Back to top button
Close