vada
News

टिकटकमा भाइरल बिनुले प्रेमीसँग कसिन् लगनगाँठो ( भिडियो हेर्नुहोस )

चर्चित टिकटक स्टार बिनु अधिकारी विवाह ब’न्धनमा बाँ’धिएकी छन् । आफ्नो प्रेमी रमेश रमण पराजुलीसँग आज उनले लगनगाँठो कसेकी हुन् । झापाकी विनु र उदयपुरका रमेश केही समयदेखि अफेयरमा थिए । काठमाडौंको नेपाल कमर्स क्याम्पसमा सँगै पढ्दा उनीहरु प्रेममा परेका हुन् । रमेशले काठमाडौंमा कपडा व्यवसाय गरिरहेका छन् । उनीहरुको विवाह भने झापाबाटै सम्पन्न भएको हो । को’रोनाका कारण सानो जमघटमा विवाह भएको बुझिएको छ ।

टिकटकबाट ख्याति कमाएकी बिनु खासगरि नृत्य र कमेडीमा पोख्त छिन् । उनले आफ्नी बहिनीसँग मिलेर टिकटक र युट्यूवका लागि भिडियोहरु बनाउने गर्छिन् । टिकटकमा उनीहरुका पाँच लाखभन्दा बढी फलोअर्स छन् । टिकटकमा रमाईला भिडियोहरु बनाएका चर्चामा आएकी बिनु अधिकारी राम्रो गित पनि गाउछिन ।उनीहरु रमेश रमण पराजुली र बिनु अधिकारी दुवै पेप्सीकोलामा बस्छन् । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

Related Articles

Back to top button