vada
News

मोटरसाइकललाई जोर विजोर प्रणाली लागू नहुने

काठमाडौँ । सरकारले बिहीबारबाट नै लागू हुने गरी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरेको छ । परिवर्तित मोडालिटी अनुसार बिहीबारदेखि नै लागू हुने गरी मोटरसाइकल पनि सञ्चालन गर्न दिने निर्णय भएको छ । यद्यपि, मोटरसाइकलमा चालक अर्थात् एकजना मात्रै बस्न पाइनेछ । तर मोटरसाइकललाई जोर बिजोर प्रणाली भने लागू नहुने सञ्चारमन्त्रीसमेत रहेका अर्थमन्त्री युवराज खतिवडाका प्रेस संयोजक यमन पौडेलले बताए । मोटरसाइकलहरु उपत्यकामा भए उपत्यकाभित्र र उपत्यका बाहिर भए सम्बन्धित जिल्लाभित्र मात्रै सञ्चालन गर्न पाइनेछ ।

त्यसैगरी सरकारले सरकारी कार्यालयहरु, बैंक तथा वित्तिय संस्थाहरु, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी कार्यालय र निजी क्षेत्रका कार्यालयहरु भने असार १ गतेबाट मात्रै खुल्ने जानकारी दिएको छ । तर, पनि कार्यालय सञ्चालनका लागि कर्मचारी ओसारपसार गर्न प्रयोग हुने निजी सवारीसाधनहरु जोर बिजोर प्रणालीमा चल्नुपर्ने र सिटको एक लहरमा मात्रै बस्नुपर्ने नियम बनाइएको छ । सवारीसाधनमा बस्दा पनि मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारीसाधन प्रत्येक दिन निसंक्रमित गर्नुपर्नेछ ।

त्यसैगरी बैंक तथा वित्तिय संस्था, सहकारी र बीमा सेवा पनि असार १ गतेदेखि नियमित सञ्चालनमा जानुपर्ने छ । उनीहरुले पनि बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म एक सिफ्ट र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्ट गरी दुई सिफ्टमा सञ्चालन गर्नुपर्नेछ । अन्य सेवाहरु भने तत्कालै सञ्चालनमा आउने तर दुई मिटरको सामाजिक दुरी र सुरक्षाका उपायहरु अपनाउनु पर्ने कुरा उल्लेख गरिएको छ ।

Related Articles

Back to top button
Close