vada
News

भारतमा खाना पकाउने ग्याँसको मूल्य घट्यो, नेपालमा के हो ?

काठमाडौँ – भारतमा खाना पकाउने ग्यासको मूल्य घटेको छ। भारतका इन्धन मार्केटिङ कम्पनीहरुले ग्याँसको मूल्य घटाएका हुन् । भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सिलिन्डरमा १६२ भारु घटेको छ ।भारतमा प्रत्येक महिनाको पहिलोदिन ग्याँसको मूल्यमा हेरफेर हुने गरेको छ। आजसहित लगातार तीन महिना भारतमा ग्याँसको मूल्य घटेको हो । भारतको राजधानी नयाँ दिल्लीमा अनुदान बिनाको ग्यास प्रति सिलिन्डर ७४४ भारुबाट घटेर ५८१ भएको छ। मुम्बइमा ७१४ बाट घटेर ५७९ भारुमा कायम भएको छ भने कलकत्तामा १९० भारु घटेर ५८४ कायम भएको छ। भारतमा खाना पकाउने ग्याँसको मूल्य घटेसँगै नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने हुँदा ग्याँसको मूल्य घट्ने देखिन्छ ।

Related Articles

Back to top button