vada
News

भर्खरै काठमाण्डौमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको निधन

सामाखुसीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको निधन भएको छ । काठमाडौँ महानगरपालिका–२६ कपुरधारास्थित सडकमा आज बा९५प ६४८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौँ न्यूरोडका ३४ वर्षीय निरज सिख्राकारको निधन भएको हो ।

दुर्घटनामा गम्भीर घाइते सिख्राकारको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा काठमाडौँ–१६ नयाँबजारका २६ वर्षीय बेरन लामा सामान्य घाइते भएका छन् । घाइते लामालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

त्यस्तै मकवानपुरको हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । टिपरको ठक्करबाट स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको निधन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति करिब ९ बजेको समयमा टिपरको ठक्करबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा कार्यरत रहनुभएका प्रहरी हबल्दार केशरदोर्जे थिङको निधन भएको हो ।

प्र३–०२–०१२प १३३८ नंको स्कुटरमा सवार थिङलाई हेटौँडाको राप्ती पुलबाट बजारतर्फ आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय नजिकै ना८ख ७५५८ नंको टिपरले ठक्कर दिएको र उनको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close