vada
News

कोरोनाबाट नेपालमा थप १ जनाको मृ’त्यु

अर्घाखाँची – नेपालमा कोरोना सङ्क्रमणको कारण थप एक जनाको मृ’त्यु भएको छ ।अस्पतालबाट फर्कँदै गर्दा ज्यान गु’माउनुभएका अर्घाखाँचीको मालारानी गाउँपालिका ४ का ५७ वर्षीय पुरुषको कोरोना रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिनुभयो । घाँ’टीको श’ल्यक्रियासमेत गर्नुभएको उहाँलाई श्वा’सप्रश्वासमा स’मस्या आएपछि उपचारको लागि गएकाे मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो ।

अस्पतालले सामान्य उपचारपछि घरमै आ’राम गर्न सुझाव दिएपछि फर्कँदै गर्नुभएका उहाँको हिजो बाटोमै ज्यान गएको हो । यसअघि १४ दिनदेखि ब्या’डापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वरेण्टीनमा बस्नुभएका उहाँको गएको शुक्रबार नै पठाइएको नमुना ह’राएपछि हिजो फेरि स्वाब स’ङ्कलन गरेर परीक्षण गर्दा कोरोना पोजिटिभ भएको पाइएको हो । रिपोर्ट नआउँदा हिजोदेखि नै श’व रा’तुको चौरमा बे’बारिसे अवस्थामा राखिएको छ ।योसँगै नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गु’माउनेको सङ्ख्या १६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।

Related Articles

Back to top button
Close