News

ईन्स्टामा एकअर्कालाई फलो गर्दै पारस-हिमानीकी छोरी पूर्णिका र सोनीका

काठमाडौँ/ यतिबेला सामाजिक संजालमा विभिन्न चर्चा परिचर्चा हुने गरेको छ । कोहि सकारात्मक त कोहि नकारात्मक स्वरुपले चर्चामा आईरहेका छन् । यस्तै केहि समय अघिबाट पुर्व युवराज पारस शाह र मोडल सोनिका रोकायको जोडिको चर्चा खुबै चल्यो । दुइबिच प्रेम सम्बन्ध रहेको समाचारले राष्ट्रिय मिडिया, अनलाइन, सामाजिक संजाल जताततै छायो । तर, उनिहरुले भने बाहिर चलेको हल्लालाई स्विकार गरेनन् । यता, पारस र सोनिकाको सम्बन्ध भने निकै गहिरो थियो ।

उनिहरु संगै देशका विभिन्न ठाउँ घुम्न पुगेका छन् । पारस र सोनिकाको फोटो पनि कपल पिक्चर भन्दा कम छैन । अब कसरी अस्विकार गर्नु ? उनिहरु प्रेममा छैनन् । जसका कारण पारस खुबै आलोचनाको सिकारमा परे । यता सामाजिक संजालकै माध्यमबाट पारसकी श्रीमती अर्थात पुर्व युवराज्ञी हिमानी शाह पनि एकाएक भाईरल भईन । हुन त उनलाई नचिन्ने हरु पनि कमै छन् । तर सामाजिक संजालमा उनको पहिले भन्दा भिन्न उपस्थितलाई आम नेपालीले खुशी साथ स्वागत गरे भने आलोचनाको सिकार हुन बाट बचिन ।

अहिले पनि उनि छोरीहरु संग रमाउदै नाचेको भिडियो सामाजिक संजालमा खुबै शेयर भैरहेको छ । पारस र हिमानीको १ छोरा हृदयन्द्र शाह, छोरीहरु पुर्णिका शाह र कृती शाह छन् । पारसकी जेठी छोरी पुर्णिका शाहले भने सोनिका रोकायलाई इन्स्टाग्राममा फलो गरेकी छन् । सायदै यो कुनै नौलो कुरा नहोला । तर मिडिया र सामाजिक संजालमा यसअघि आएका पारस र सोनीका बिचको विविध गतिविधिलाई नियाल्दा यो बिषयमा पनि नजर जान्छ । आफ्नी आमा हिमानी शाहसंग बस्दै आएकी पुर्णिकाले सोनिकालाई फलो गर्नु सोच भन्दा बाहिरको कुरा हो । यस्तै सोनिकाले पनि पुर्णिकालाई फलो गरेकी छिन् ।

Related Articles

Back to top button
Close