Breaking: नेपालमा कोरोनालाई जितेर आज एकैदिन १८७ जना घर फर्किए
काठमाण्डौ ।नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाला जितेर थप १८७ जना घर फर्किएका छन ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज १८७ जना संक्रमित निको भएर घर फर्किएका हुन् । जस मध्ये महिला ८ जना र पुरुष १७९ जना रहेका छन ।यो संगै नेपालमा कोरोनालाई जितेर घर फर्कनेको संख्या ८६१ पुगेको छ ।त्यस्तै नेपालमा आज थप २५० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमले आज थप २५० जनामा कोरोना पुष्टि भएको बताए ।
यो संगै कोरोना संक्रमितको संख्या ४६१४ पुगेको छ ।आज थपिएका संक्रमितहरु सुनसरी , रौतहट , बारा , धादीङ, सर्लाही , सप्तरी , महोत्तरी , झापा, दाङ , रोल्पा , बाके , दैलेख , सुर्खेत , कपिलबस्तु ,प्युठान , रुपन्देही , कैलाली , बाजुरा, बझाङ ,नवलपरासी पश्चिमका रहेका छन ।जस मध्ये पुरुष ४२०८५ महिला ३२९ महिला रहेका छन ।