vada
News

तिन पुरुष, एक बालक र एक प्रहरीको आज यसरि भयो दु:खद मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बुधबार राति ट्र्याक्टरले च्याप्दा एक जनाको निधन भएको छ । निधन हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीय पञ्चराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बालुवा, ढुङ्गा लोड गर्ने क्रममा अनटेष्ट ट्र्याक्टर पल्टिँदा ट्र्याक्टरले च्याप्दा सोही ट्र्याक्टरमा काम गर्ने गुरुङको निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

यसैगरी बुधबार राति नै पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनीमा बा१९च ४८०४ नंको स्कोरपियोको ठक्करबाट आठ वर्षीय बालक घाइते भएका छन् । घाइते हुनेमा आठ वर्षीय रोशन सुनार रहेका छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै जिल्ला कारागार प्युठानमा बन्दी रहेका एक वृद्धको निधन भएको छ । कर्तव्य ज्यान मुद्दामा थुनामा रहनुभएका ७२ वर्षीय खगिराम राम्जालीको प्युठान अस्पताल बिजुवारमा उपचारका क्रममा गए राति मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो । खानापछि एक्कासि मुटु दुखेपछि राम्जालीलाई उपचारार्थ प्युठान अस्पताल बिजुवारमा पु¥याइएको थियो ।

स्वर्गद्वारी नगरपालिका वडा नं ३ स्थायी घर भएका राम्झाली कर्तव्य ज्यान मुद्दामा २०७२ साउन १७ कारागार चलान हुनुभएको थियो । उहाँलाई १५ वर्षको सजाय सुनाइएको थियो । राम्झालीको शव परीक्षणपछि परिवारको जिम्मा लगाइने सूचना अधिकारी पौडेलले बताउनुभयो ।

त्यस्तै करेन्ट लागेर सर्लाहीको हरिपुर्वा नगरपालिकामा एक बालिकाको निधन भएको छ । हरिपुर्वा–७ बसतपुर निवासी रवीन्द्र रायका नौ वर्षीया छोरी मौसम कुमारीलाई करेन्ट लागेर निधन भएको सर्लाही प्रहरीले जनाएको छ । आफ्नै घरमा बुधबार साँझ बिजुलीको बोर्डमा पङ्खामा तार जोड्ने क्रममा बालिकालाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि लालबन्दीतर्फ लगिँदै गर्दा राति नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बेवारिसे शव फेला

सर्लाहीको वाग्मती नगरपालिकामा एक पुरुषको बेवारिसे शव फेला परेको छ । वाग्मती नगरपालिका–७ स्थित वाग्मती नदीको बगरमा नाम, थर, वतन नखुलेको करिब ५०/५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

खोलाले बगाएर लयाएको अवस्थमा शव सडेको अवस्थमा फेला परेको उहाँले बताउनुभयो । फेला परेको पुरुषको उचाइ पाँच फिट तीन इन्च र कम्मरमा गम्छा बेरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मकवानपुरको हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । टिपरको ठक्करबाट स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको निधन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति करिब ९ बजेको समयमा टिपरको ठक्करबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा कार्यरत रहनुभएका प्रहरी हबल्दार केशरदोर्जे थिङको निधन भएको हो ।

प्र३–०२–०१२प १३३८ नंको स्कुटरमा सवार थिङलाई हेटौँडाको राप्ती पुलबाट बजारतर्फ आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय नजिकै ना८ख ७५५८ नंको टिपरले ठक्कर दिएको र उनको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close