लकडाउन खुकुलो भएसंगै सुनको मुल्यले बनायो नयाँ रेकर्ड
काठमाडौं, २९ जेठ । यति लामो लकडाउन पछि खुलेको सुन वजारले अहिले सम्मकै महंगो रेकर्ड बनाएको छ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सरकारले बुधवार राति गरेको लकडाउन खुकुलो बनाउने निर्णयसंगै खुलेको वजारमा सुनले नयाँ रेकर्ड बनाएको हो । बिहीबार सुन तोलाको ८९ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।तेजावी सुनको मूल्य ८९ हजार १६५ रुपैयाँ कायम गरिएको छ।
चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको सुनचाँदी ब्यवसायीले जनाएका छन् । बिहीबार चाँदी तोलाको ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत वर्ष आजकै दिन सुन तोलाको ६२ हजार ३ सय रुपैयाँमा र चाँदी तोलाको ७१५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुन चाँदी व्यवसायी महासंघले लकडाउन लागू भएदेखि ९चैत ११ गतेदेखि० साढे दुई महिनापछि जेठ २५ गतेबाट सुन९चाँदीको कारोबार पुन सुरु गरेको थियो। सोही दिन सुन तोलाको ८७ हजार ४ सय र चाँदीको ९२५ रुपैयाँमा कारोबार भएको थियो। लकडाउन खुकुलो बनाउने सरकारी निर्णय संगै वजार भाउ महंगो भएर सुनको मुख्य कायम भएको हो ।