काठमाडौंको वालुवाटार क्षेत्रमा सरकार बिरुद्द बिसाल प्रदर्शन (भिडियोसहित)
काठमाडौं । काठमाडौंको वालुवाटार क्षेत्रमा विहिवार पनि प्रदर्शन भएको छ । प्रहरीले प्रदर्शनलाई तितरवितर बनाउन बल प्रयोग गरेको छ । कोरोना नियन्त्रणका नाममा सरकारले अपारदर्शी ढंगले काम गरेको विरोधम प्रधानमन्त्री निवास बालुवाटार परिसरमा सरकारविरुद्ध प्रदर्शन भएको हो ।
हातमा विभिन्न माग र प्रश्न सहितको प्लेकाड वोकेकाहरुलाई तितरवितर पार्न प्रहरीले बल प्रयोग गरेको हो ।
प्रहरीले आजपनि अश्रुग्यास र पानीको फोहोरा हानेको छ । सामाजिक अभियन्ताहरुले सरकार विरुद्ध प्रर्दशन गरेका हुन् । उनीहरुले सरकारले कोरोना नियन्त्रणका नाममा १० अर्व रुपैया अपारदर्शी ढंगले खर्च गरेको, पिसिआर परिक्षणको दायरा नबढाएको विरोध गरेका छन् । विश्वस्वास्थ्य संगठनले प्रभाव हिन भनेको आरडिटी परिक्षणमा अनावश्यक खर्च बढाएको भन्दै विरोध गरिएको छ । प्रदर्शनकारीलाई तितरवितर बनाउन प्रहरीले पानीको फोहोरा तथा अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई हटाएको छ ।
सरकारले कोरोनाको महामारीको विषम परिस्थितिमा पनि भ्रष्टाचार गरेको आरोप उनीहरुको छ । उनीहरुले कोरोना नियन्त्रणका नाममा भएका अहिले सम्मको खर्च पारदर्शी ढंगले सार्वजनिक गर्न पनि माग गरेका छन् । लकडाउनका समयमा आम्दानी नभएको अवस्थामा कर तिर्न बाध्य पारिएको विषयमा पनि उनीहरुले आवाज उठाएका छन् ।
देश अहिले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनमा छ । ११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो । काठमाडौंको न्यु रोडमा व्यापारीहरुले प्रदर्शन गर्दै लकडाउन उल्लंघन गरेपछि सरकारले लकडाउनको मोडालिटि तयार गरेको छ । आज विहिवार देखि जोर विजोरको नम्बर प्लेटका निजी सवारी साधन चलाउन र व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ ।
उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा प्रदर्शन गरेका थिए। सो प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेको थियो । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि आज झन धेरैको संख्यामा उपस्थित भएर सरकारविरुद्ध नाराबाजी गरिएको छ ।
बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन भिडियो
बालुवाटारमा सरकारविरुद्ध प्रदर्शनभिडियो Pravin Agrawal फेसबुकबाट
Gepostet von Taja Khabar am Donnerstag, 11. Juni 2020