News

कुवेतमा अलपत्र नेपाली दिदीबहिनीहरु काठमाडौं आइपुगिन् ।

काठमाडौँ / कुवेतबाट नेपाली महिला कामदार लिएर आएको पहिलो जहाज काठमाडौं आइपुगेको छ । कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीरा एयरलाइन्सको जहाज स्थानीय समयअनुसार बिहानको ४ बजे काठमाडौंका लागि उडेको थियो । त्यस्तै दोस्रो जहाजपनि कुवेतबाट नेपाली महिलाहरु लिएर उडिकसकेको छ ।

कुवेत सरकारले बिहीबार बिहान दुईवटा ‘जहाजमार्फत नेपाली महिलालाई नेपाल पठाएको हो । कुवेतले पहिलो उडान बुधबार हुन नसकेपछि बिहीबार बिहानैबाट नेपालीलाई पठाइएको हो ।

बिहीबार दुई वटा जहाजमा गरी ३ सय जना नेपाली महिला स्वेश फर्किएका छन् । कोभिड– १९ संकट व्यवस्थापन समितिले कुवेतबाट पहिलो उडान गर्नको लागि मंगलबार अनुमति दिइएको थियो ।

कुवेतले बिना जरिवाना स्वदेश फिर्न पाउने भन्दै अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा राखेकालाई आफ्नै खर्चमा दैनिक दुई वटा चार्टर विमानमार्फत नेपाल पठाउन नेपाल सरकार समक्ष प्रस्ताव राखेको थियो ।

नेपाली लिएर कुवेतबाट उडेको दोस्रो जहाज नेपाली समय १:३० बजे नेपाल आइपुग्ने बताइएको छ ।

Related Articles

Back to top button
Close