vada
News

पल्सर १२५ मा थपियो प्रिमियम फिचर, कति पर्ला मूल्य

काठमाडौं । बजाज मोटरसाइकलले आफ्नो सबैभन्दा कम सीसीको पल्सर १२५ मा स्प्लिट सिट दिएको छ । यो सीटसँगै पल्सर १२५ निकै प्रिमियम बनेको छ भने भारतीय प्रदुषण मापदण्ड (बीएस-६) अनुसारको इन्जिनमा पनि आएको छ।

भारतमा बीएस -४ मापदण्डको तुलनामा नयाँ मोटर साइकल ९ हजार रुपैयाँ महंगो रहेको छ । अहिले नेपाली बजारमा पल्सर १२५ को मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । यदि बीएस ६ पल्सर १२५ नेपाली बजारमा आउने हो भने यसको मूल्य २५० हजार हाराहारीमा पर्ने अनुमान गर्न सकिन्छ । यो मोटरसाइकलमा कम्पनीले क्लास लिडिङ फिचर दिएको छ ।

मोटर साइकललाई सार्प र स्पोर्टी बनाउन क्लिप अन ह्यान्डलवार दिइएको छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ । नियोन ब्ल्यू, सोलार रेड र प्लाटिनम सिल्भर कलरमा आएको यो बाइक सेग्मेन्ट लिडर हुने दाबी कम्पनीले गरेको छ । यो मोटर साइकलमा १२५ सीसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसमा उपलब्ध एयरकुल्ड डिटीएसआई इन्जिनले १३ बीएच पावरका साथै १२ एनएम टर्क उत्पादन गर्छ । मेरो अटोवाट

Related Articles

Back to top button