vada
News

आजबाट पसल खुल्ने, निजी सवारीमा जोर विजोरको मापदण्ड

काठमाडौं । सरकारले लडाउनको मोडालिटी परिर्वतन गर्दै बुधबारबाट सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको छ । बुधबार राति सम्पन्न मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिर्वतन गर्दै पसल खोल्न दिने र निजी सवारीमा जोर विजोरको मापदण्ड लागु गरेर सञ्चालन गर्न दिने निर्णय गरेको हो । निजी सवारी साधन सञ्चालन जोर गतेमा जोर नम्बरका सञ्चालन गर्न पाइने छ भने बिजोर गतेमा बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ । तर सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ।

सरकारले लकडाउन पुनःव्यवस्थित गर्ने निर्णय गरेको हो । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गर्ने भनिएको छ ।’ त्यस्तै, काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने सम्भावना छ भने विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् ।

पछिल्लो पटक लकडाउन थप गर्दा मोडालिटी परिवर्तन गरेर केही खुकुलो बनाउने भनिएको थियो । तर सरकारले निर्णय गर्न ढिलो गर्दा व्यवसायीहरुले स्वस्फुर्त रूपमा पसल समेत खुल्न थालेका छन् भने मानिसहरूको आवागमन पनि बढेको छ ।

Related Articles

Back to top button
Close