अशोक दर्जीको एकल स्वरमा नयाँ गीत ‘प्रणाम’ ( भिडियो सहित)
काठमाडौं २८ जेठ / भाइरल बाल गायक अशोक दर्जीको एकल गायन नयाँ गीतको रेकर्डिङ सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको पालना गर्दै अशोक दर्जीले “प्रणाम” बोलको गीत बजारमा ल्याउन लागेका हुन् ।
चर्चित गायब तथा संगीतकार टंक बुढाथोकीको संगीतमा अशोक दर्जीको एकल गायन भने यो पहिलोपटक हो । किनकि यसअघि अशोक दर्जीका चर्चित गीतहरुमा भने ए आर बुढाथोकी र टंक बुढाथोकीको पनि स्वर रहेको थियो ।
भिडियो हेर्नुहोस् :
अशोक दर्जीको झापादेखि काठमाडौं सम्मको यात्रा यस्तो थियो…
२ बर्ष अघि झापाको सडकमा गीत गाउँदै हिड्ने अशोक दर्जी चन्चले स्वाभाव उमेरले सानै भएपनि गायनमा अब्बल बालक घरको आर्थिक स्थितिले गर्दा स्कुल सम्म जाने वातावरण नभएको उनै अशोक दर्जी अहिले सबैको मनमा बस्न सफल भए ।
हुनत मान्छेलाई कतिबेला कहाँ देखि कहाँसम्म पुर्याउछ थाहा नै हुदैन त्यस्तै एकदिन बाटोमा गाउँदै गर्दा एक जना संगीत पारखी व्यक्तिको नजरमा पर्छन् अशोक उनको नाम हो डि जे रुपक अनि छोटो भिडियो सामाजिक सञ्जाल सम्म अाइपुग्छ त्यतिकैमा सञ्चारकर्मी भाग्य न्यौपानेको नजर उक्त भिडियोमा पुगेपछि यो भाईको प्रतिभालाई सबै सामु पुर्याउनु पर्छ भन्ने मनोसाय लिएर न्यौपानेको पाइला झापा तिर लम्किन्छ , संजोक हो या जुराएकै हो भाग्य न्यौपानेको घर पनि पुर्व नै हो । बाटोमा गाउँदै आफ्नो प्रतिभाले केही रकम संकलन गरेर घरमा तरकारी खाने कुराहरु जुटाउँदै हिडिरहेका बालकलाई पहिलोपटक क्यामराको अगाडि ल्याएर अन्तर्वार्ता लिएपछि ……
रातारात चर्चाको शिखरमा पुगे अशोक दर्जी चलनचल्तीको भाषामा भन्नू पर्दा एक किसिमको भाइरलनै बने त्यसपछि दर्जीको प्रतिभालाई मनपराउने लाखौ निस्किए चौतर्फी तारिफको ओइरो लाग्न थाल्यो , अनि यस्ता प्रतिभालाई काठमाडौं सम्म लगेर उचित स्थान दिनु पर्छ भन्ने सोच सहित काठमाडौं ल्याएका अशोकको भेट चर्चित गायक संगीतकार टंक बुढाथोकी सँग हुन्छ
मनको धनी टंक बुढाथोकीले अशोकको केही गीत सुनेपछि आफुले राखेर संगीत सिकाउँदै राम्रो गायक बनाएर देशलाई चिनाउने वाचा गर्छन् । त्यसपछि अनलाइन युट्युव च्यानलको मुख्य हेडलाईन बने अशोक सामाजिक सञ्जालको हिरो सबैले दर्जीको गीत सुन्ने चाहाना अत्यधिक राखेपछि टंक बुढाथोकीले ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन ” गीत अशोक र अाफु स्वयं को आवाजमा रेकर्ड गरे त्यसपछि गीतलाई सोचे भन्दा पनि धेरै रुचाइयो । त्यसपछि गीत हिट मान्छे हिट ।
त्यसपछि दोस्रो गीत पनि बजारमा ल्याए बाल गायक अशोक दर्जी ए अार बुढाथोकी अनि टंक बुढाथोकीको स्वरमा ( चौरीको राम्रो छुर्पी) यो गीतले झन रेकर्ड नै राख्न सफल गीत भयो त्यसपछि अहिले अशोक दर्जिको दिनचर्या विभिन्न मेला महोत्सव र पढाइमा बितिरहेको छ ।