News
थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार ८५ पुग्यो
काठमाडौं, २७ जेठ । मुलुकमा थप ३ सय २३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय २३ जना संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ९२ पुरुष र ३० महिला छन् ।योसंगै नेपालमा संक्रमितको कुल संख्या ४ हजार ८५ पुगेको छ ।