vada
News

एमसीसीकाे बिपक्षमा प्रचण्ड अब नेपाल एमसीसी पास नहुने पक्का

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्रै अमेरिकी सहयोग परियोजना एमसीसी संसदवाट पास गर्ने नगर्ने बिषयमा मतभेद चलिरेका बेला पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने एमसीसीको बिपक्षमा देखिएका छन् । सम्झौताका कतियपय बुंदा राष्ट्रिय हित विपरित रहेकाले यसको संशोधन आवश्यक भएको भन्दै अहिलेकै अवस्थामा संसदबाट पारित गर्न नहुने बताएका छन् ।लकडाउन अबधिभर सार्वजनिक कार्यक्रममा खासै नदेखिएका प्रचण्डले आफु निकटका केहि सञ्चार माध्यमसगँकाे कुराकानीमा यस्ता बताएका हुन् । यता उनि निकट मानिएका नेकपाका नेताहरू देवेन्द्र पाैडेल,लिलामणी पाेख्रेल लगायतका नेताहरू त खुलेरै एमसीसीकाे बिपक्षमा देखिएका छन् ।

सरकारले एमसीसी सम्झौता पालना गर्न प्रयास गरिरहेको सन्दर्भमा अध्यक्ष प्रचण्डले भने सम्झौताका कतिपय बुँदा राष्ट्रिय हित विपरित भएकोले संशोधन आवश्यक भएको बताएका हुन् । प्रचण्डले भनेका छन् ‘एमसीसीवारे हाम्रो अडान कायमै छ, हामीले सहयोग नलिन भनेका छैनौं तर नेपालको हित नहुने र राष्ट्रिय सार्वभौमसत्ता तथा अखण्डतासंग जोडिएका कतिपय प्रावधान संशोधन गर्नुपर्छ । सरकारले एमसिसी सम्झौतालाई अगाडि बढाउन प्रयास गरेपछि सत्तारुढ दल नेकपाभित्र त्यसको विरोध भएको थियो । पार्टीभित्र विरोध भएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिका संयोजक खनाल र सदस्य भिम रावलले अहिलेकै अवस्थामा एमसिसी सम्झौता नेपालको हितमा नरहेको निष्कर्श निकाल्दै संशोधन नगरी पारित नगर्न सुझाव दिएको थियो । समितिका अर्का सदस्य परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने फरक मत राखेका थिए ।

सरकारले बजेटमा समेत एमसिसीसंग जोडिएका प्रशारण लाइनका योजना समावेश गरेपछि व्यवस्थापिका संसदमा समेत सरकारले ढोकावाट घुसाएर एमसीसी पारित गर्न खोजेको भन्दै आलोचना भएको थियो । एमसीसीबारे छलफल गर्न नेकपाको सचिवालय वैठक बोलाइएको छ । तर, नेताहरुको वीचमा यसबारेमा छलफल चलेपनि निष्कर्ष भने निस्कन सकेको छैन् ।नेकपा अध्यक्ष प्रचण्डले सरकारले पार्टीको निर्देशनविपरित पारित गराउन नसक्ने चेतवानी दिएका छन् । उनले सरकारले पार्टी निर्णय विपरित नजाने विश्वास व्यक्त गरेका छन् । तर, पार्टी निर्णय विपरित एमसिसीलाई अगाडि बढाएमा संशोधन प्रस्ताव दर्ता गरिने उनको भनाई छ । उनले यो अवस्था भने अहिले नरहेको बताएका छन् ।

एमसिसीकै बारेमा निश्कर्षमा पुग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएपनि निष्कर्षमा पुगेको छैन् । प्रधानमन्त्री ओलीले दुवै अध्यक्षवीच एमसीसीवारे सहमती कायम गरेर सचिवालय वैठक बसौ भन्ने प्रस्ताव गरेको भएपनि प्रचण्डले भने सचिवालय र स्थायी समिति वैठकमा यो विषय छलफल गरेर निश्कर्षमा पुगौं भन्ने प्रस्ताव राखेको स्रोतको दावी छ ।नेपालमा भित्रिने वैदेशिक सहायताको मोडालिटी, त्यसका प्राथमिकता, क्षेत्र तथा सहयोग अन्तर्गत दातृ निकाय र नेपाल सरकारका निकायबीच हुने सम्झौता शक्ति बांडफांड, कार्यक्षेत्र, दायित्व जस्ता विषयमा सरकारले बेग्लै कानुन निर्माण गर्नुपर्ने प्रचण्डको भनाई छ । नेपालमा अहिले पनि थुप्रै सहयोगहरु शर्तसहित रहेको र कतिपय सहयोगहरु दोहोरिने र प्रभावकारी नहुने अवस्था रहेको भन्दै उनले वैदेशिक सहायताका बारेमा स्पष्ट नीति र कानुन बन्नुपर्ने बताएका हुन ।

Related Articles

Back to top button
Close