vada
News

आज चतुर्थी तिथी उत्तराषाढा नक्षत्र नक्षत्र चन्द्रमा मकर राशिमा, कुन राशिलाई कस्तो प्रभाव पार्छ ?

२०७७ साल जेठ आषाढकृष्णपक्ष २७ गते मंगलवार चतुर्थी तिथी श्रवण नक्षत्र चन्द्रमा मकर राशिमा

मेष : काममा पदोन्नतीको सम्भावना देखिनुका साथै नँया काम पfउन सकिन्छ । व्यपार व्यवसायमा भने सोचे अनुसार नहोला । घर तथा परिवारीक सुख भने प्रशस्त मिल्नेछ ।

वृषः भाग्यमा रोकिएको चिज प्राप्त हुनुका साथै तपाईलाइ भाग्यले साथ दिनेछ । पिताजी सँगको सम्वन्धमा सुमधुरता छाउने छ । नया भोजनको स्वाद लिन पाउन सकिन्छ ।

मिथुनः चोच पटक लाग्न सक्छ लामो यात्रा भने नगर्नुहोला अन्यथा समस्यामा पर्न सक्नुहुन्छ । तर भाग्यमा रोकिएको चिज प्राप्त गर्न सक्ने समय छ । विदेश यात्राको सम्भावना पनि देखिन्छ ।

कर्कटः दाम्पत्य जीवन राम्रो भएर जानुका साथै प्रेमलाइ विवाहमा परिणत गर्न सक्ने समय छ । पार्टनरमा गरेको काममा सफलता हात लाग्नुका साथै आर्थिक लाभको समय छ ।

सिंह : शत्रु वृद्धि भएर जानुका साथै काममा वाधा आउने छ । स्वास्थ्यमा पनि सामान्य समस्या देखा पर्न सक्नेछ । साथीभाइ सँग रमाइलो भेटघाट हुने सम्भावना छ ।

कन्याः विदेश जाने विचारमा हुनुहुन्छ भने कामलाई अग्रसर हुनु राम्रो होला । सन्तान सुखको साथै काममा प्रशंशा प्राप्त हुन सक्नेछ । आर्थिक वृद्धिको पनि सम्भावना छ ।

तुलाः चौपाय तथा सवारी साधनको सुख पाउन सक्ने समय छ तर आमाको स्वस्थ्यलाइ लिएर भने चिन्ता बढ्ने देखिन्छ । अरुको विश्वास गर्नु पूर्व धेरै सोच्नुहोला अन्यथा तनाव हुनेछ ।

वृश्चिक : दाजुभाइ दिदि बैनी सँगको सम्वन्धमा प्रागाढ छाउने छ भने तपाइको प्रराक्रम बढेर जानुका साथै तपाई प्रशंशाको पात्र बन्नुहुनेछ । काममा पदोन्नतीको सम्भावना छ ।

धनु : कुटुम्ब सँगको सम्वन्धमा सुमधुरता छाउनुका साथै बोलीमा मिठास थपिने छ । अचल सम्पतिको किन बेच हुन सक्छ । नया कामको थालनी गर्न सकिन्छ ।

मकर : मान सम्मानमा वृद्धि हुनुको साथै आर्थिक लाभको पनि सम्भावना छ । काममा प्रशंशा पर्याप्त होला । व्यपार व्यवसायमा लाभ हुने समय छ ।

कुम्भ : धन हानिको सम्भावना छ जोगिनुहोला । विदेश क्षेत्रवाट भने लाभको समय छ । विदेश जाने विचारमा हुनुहुन्छ भने जानलाइ प्रयास गर्दा राम्रो होला ।

मीन : आर्थिक लाभको समय का साथै साथी भाइसँग मिलेर लगानी गर्ने अवसर प्राप्त हुन सक्छ । नँया मान्छे सँगको भेटघाटले मन रमाउने छ । दाम्पत्य जीवनमा रामाइलो माहोल हुनेछ ।

Related Articles

Back to top button
Close