Video

छोरीहरुसँग टिकटकमा रमाउँदै पूर्वयुवराज्ञी हिमानी शाह

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण लकडाउन लागू भएसँगै फूर्सदिला बनेका मानिसहरु टिकटकमा रमाउन थालेका छन् ।

लकडाउनले घरभित्रै सीमित भएकाहरुको लागि टिकटक दिन कटाउने सजिलो माध्यम समेत बनेको छ ।

पुर्व युवराज्ञि हिमानी शाह छोरिहरु संग टिकटकमा नाच्दै ।?️?️

Gepostet von TikTok Star – टिकटक स्टार am Montag, 8. Juni 2020

चलचित्र क्षेत्रका अधिकांश नायक नायिकाहरु पहिलेदेखि नै टिकटकमा रमाउने गरेको भएपनि अहिले रुची नहुनेहरुले समेत लगाव देखाएका छन् ।

यही मेसोमा पूर्व युवराज्ञी हिमानी शाहको टिकटक भिडियो पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनी टिकटकमा आफ्नी छोरीहरुसँग तालमा ताल मिलाउदै नाचेकी छिन् ।

छोरी पूर्णिका शाहले आफ्नो टिकटक आईडीमा सो भिडियो सार्वजनिक गरेकी हुन् । दुई छोरीहरुसंगै हिमानीले गायक सबिन राईको गीत ‘गुरासको फेदमुनी’गीतमा नाचेकी छन्।

यस्तै अर्को एक भिडियोमा हिमानी टिकटकमा पछिल्लो समय भाइरल डिस्को म्युजिकमा छोरिहरुसँग नाचेकी छिन् । उक्त भिडियो हिमानीकी अर्की छोरी कृतिका शाहले आफ्नो टिकटक एकाउन्टमा अपलोड गरेकी छन् ।

पुर्व युवराज्ञि हिमानी शाह छोरिहरु संग टिकटकमा नाच्दै ।?️?️छोरिहरु संगसंगै मर्काईन यसरी कम्मर ।।

Gepostet von TikTok Star – टिकटक स्टार am Montag, 8. Juni 2020

Related Articles

Back to top button
Close