vada
News

गर्भवतीमा कोरोना देखिएपछि अप्रेशन रोकियो, अस्पताल बन्द

बाँके । कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल मंगलबारदेखि बन्द भएको छ । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछामका दुई बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो ।

अछामको बयलपाटा अस्पतालले गर्भवती र आन्द्रामा समस्या भएका बिरामी कोहलपुर सिफारिस गरेको थियो । शिक्षण अस्पताल कोहलपुरमा ती बिरामीको जाँच गर्दा कोरोना संक्रमण देखिएको अस्पताल का उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।ती बिरामीको शल्यक्रिया गर्ने तयारी गरिए पनि कोरोना संक्रमण देखिएपछि रोकिएको छ ।

Related Articles

Back to top button