vada
News

अस्पतालको आईसीयूमा कोरोना संक्रमितको मृत्यु

चितवन । भरतपुर अस्पतालको आईसीयूमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालबाट भरतपुर अस्पताल सारिएका काेराेना संक्रमितको मृत्यु भएको हो । मंगलबार बिहान ७ बजे संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अहिले संक्रमितको शव भरतपुर अस्पतालको आईसीयूमा राखिएको छ । शवको व्यवस्थापनबारे भने कुनै निर्णय भइसकेको छैन । महानगरको वडानम्बर ११ का ६८ वर्षीय वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । काेराेना संक्रमित वृद्ध मुट र निमोनियाको बिरामी पनि रहेको बुझिएको छ ।

जिल्ला प्रशासन कार्यालयको अनुमति विना संवेदनशील अवस्था बिरामीलाई सारेको भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईले भने आपत्ति जनाउनुभएको छ । नारायणी सामुदायिक अस्पतालले सामान्य अक्सिजनको भरमा बिरामीलाई भरतपुर अस्पतालको आईसीयूमा सारेको भन्दै प्रमुख जिल्ला अधिकारी भटटराईले आपत्ति जनाउनुभएको हो ।

Related Articles

Back to top button