vada
Tech

यथार्थ अर्कै पनि हुन सक्छ नि सबै नबोल्ने मान्छेहरु घमण्डी हुदैनन – अनमोल भनाईहरु

१. कतिपय मान्छेहरु आफ्नो घमण्डको कारण चोखो माया गुमाउन पुग्दछन ।

२. लुकाएर बस्नेलाइ थाहा हुन्छ कि कति पिडा हुन्छ, मान्छेहरु त वस् उसको झुठो हासो देखने गर्दछन ।

३. सक्छौ आफै प्रगति गर सक्दैनौ अरुको प्रगतिमा इष्या नगर ।

४. मेरो बानि यही नराम्रो छ, म मान्छेहरुलाई छिटै नि भरोसा र विश्वास गर्न पुग्छु ।

५. जसको मन सफा हुन्छ, प्राय उसैको भाग्य खराब हुन्छ ।

६. रिसाएको भए पो फकाउन सक्दथे, बदलिएका थियौ तिमि मैले के नै पो गर्न सक्थे र ।

७. इज्जत गर्न सिक बहिनिको के फरक पर्छ र तिम्रो होस् वा अरुको ।

८. बोल्नुबहाना पहिले शब्द हाम्रो वस् मा हुन्छ तर बोलिसके पछी हामी शब्दको वस् मा हुन्छौ, यसैले सोचेर-बुझेर मात्र बोल्ने गरौ ।

९. मायामा धोका यसकारण दिन्छन, किनकि उनीहरुमा साचो मायालाई चिन्ने औकात हुदैन ।

१०. बुहारीलाइ छोरी भनेर बोलाउनुहोस्, किनकि उ पनि हास्न चाहन्छे ।

११. राम्रा मान्छेहरु टाढै बाट चिनिन्छ, धोकेवाजहरु छेउ मै भएर पनि चिन्न सक्दैन ।

१२. तिनिहरुको पर्वाह नगर्नुस, जसको विश्वास समयको साथ बदलिन्छ पर्वाह सदा उनिहरुको गर्नुस जसको बिश्वास तपाइमाथी तब पनि होस जब तपाइको समय बदलिन्छ ।

१३. न हतियारले मिल्दछ न अधिकारले मिल्दछ दिलमा कब्जा त बस प्यारले मिल्दछ ।

१४. सेलाएर दोस्रोपटक तताएको चिया र समाधान गरीएको रिलेसन मा पहिलाको जस्तो मिठास आउदैन ।

१५. जो सङ्घर्ष गर्दछ, एकदिन ऊ अवस्य शिखर मा पुग्दछ ।

१६. यथार्थ अर्कै पनि हुन सक्छ नि सबै नबोल्ने मान्छेहरु घमण्डी हुदैनन ।

Related Articles

Back to top button