News

एकाबिहानै थप २४ जनामा कोरोना पुष्टि

पोखरा /गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा आज थप विभिन्न ४ जिल्लाका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का १२, बागलुङका ११ र म्याग्दीका १ जना रहेका गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेको उनले जानकारी दिए ।

Related Articles

Back to top button
Close