vada
News

सिड्नीमा एक नेपाली विद्यार्थीलाई को’रोना पुष्टी, थप चार जना क्वारेन्टाईनमा ! ।

सिड्नी, अष्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थीलाई को’रोना संक्रमण भएको छ । उनलाई केही दिनअघि ज्वरो आउने लक्षण देखिएपछि परीक्षण गर्दा को’रोना पोजेटिभ देखिएको थियो । पाँच जना सँगै एउटै फ्ला’टमा बस्दै आएका उनका साथीहरुलाई समेत को’रोनाको शंकामा स्वा’ब टेष्ट गरिएकोमा बाँकी सबै चार जनाको नेगेटिभ आएको छ । यद्यपि थप परीक्षण र नि’रीक्षणका लागि भन्दै चारै जनालाई यतिबेला क्वारेन्टाईनमा राखिएको छ । चार जनामध्ये दुईजनालाई होटलमा र दुईजनालाई उनीहरुकै फ्लाटमा क्वारेन्टाईनमा राखिएको हो ।

न्यूसाउथवेल्सको स्वास्थ्य विभागले घ’टनालाई हेरिरहेको छ । होटलमा को’रोना संक्रमितसहित तीनजना नेपाली विद्यार्थी बसिरहेका छन् । यी नेपाली विद्यार्थीलाई एनआरएन अष्ट्रेलियाका पदाधिकारीले पनि सहयोग गर्दै आइरहेका छन् ।एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुंगले एक नेपाली विद्यार्थीलाई को’रोना संक्रमण भएको पुष्टि त गरे तर बि’रामीको गो’पनीयता कायम राख्ने भन्दै बाँकी विवरण दिन नसकिने जानकारी दिए ।यसअघि पनि न्यूसाउथवेल्समा, भिक्टोरिया र तास्मानियामा गरी ९ जनालाई को’रोना संक्रमण देखिएकोमा उनीहरु नि’को भइसकेका छन् ।

Related Articles

Back to top button