प्रेम त सफल पारे तर अन्तरजातीय बिहेले विस्थापित
जाजरकोट : अन्तरजातीय विवाह गरेका जाजरकोट जुनीचाँदे गाउँपालिका-५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाउँकी ज्योतिशाह पाँच वर्षदेखि जिल्ला सदरमुकाम खलंगामा वि’स्थापित जीवन बिताइरहेका छन्। उनीहरूले प्रेम त सफल पारे, तर बिहेपछि उनीहरू आफ्नो घरमा जान पाएका छैनन्। सदरमुकामस्थित भाडाको कोठामा उनीहरूले गु’जारा चलाइरहेका छन्। कथित माथिल्लो जातका भनिने माइती पक्षको ध’म्कीका कारण उनीहरू वि’स्थापित भएका हुन्। जातीय विभेदकै कारण मा’रिएका भेरी नगरपालिका-४ का नवराज विकको घर नजिकै बस्छ यो जोडी।
गाउँ गएको भए आफूहरूको हालत पनि नवराजको जस्तै हुने गणेश बताउँछन्। ‘नवराज द’लित नभएको भए उनी मा’रिने थिएनन्, कथित माथिल्लो जातकाले जा’तीय वि’भेद कति निर्मम र नि’र्दयी तरिकाले गर्छन् त्यो भो’ग्नेलाई मात्र थाह हुन्छ,’ उनले भने, ‘का’नुन बनाएर मात्र हुँदैन, मन र व्यवहारदेखि नै सामाजिक परिवर्तन नहुँदासम्म सयौं नवराजहरू मा’रिरहन्छन्।’ गहिरो मायाप्रेम बसेपछि गणेशले २०६७ साल असार २९ गते ज्योतीलाई भ’गाएर घर ल्याए। तल्लो जातको केटासँग बिहे गरेको भन्दै तत्काल माइती पक्षले ज्योतीलाई खो’सेर लगे।
गणेशलाई कु’टपिट गरे। परिवारलाई ध’म्क्याए। फेरी फर्केर हेरे बालविवाहको मु’द्दा लगाउने र ज्यानै लिने ध’म्की दिएपछि प्रेम केही समय पछि ह’टे। वास्ता गर्न छोडे। तर उनीहरूबीचको प्रेमलाई न त जातले रो’क्न सक्यो, न ज्योतिका आमाबुवाको ध’म्कीले नै। उनी हरू उमेर पुगेपछि पुनः २०७२ कार्तिक ९ गते सँगै मर्ने सँगै बाँ’च्ने कसम खाँदै गाउँबाट भागे। उनीहरू भा’गेर कैलालीको धनगढी गएर केही समय बसे। यता माइती प’क्षले गणेश र उनका बुवा कमारा चदारावि’रुद्ध ८ लाख ५० हजार चो’री गरेको आ’रोपसहित इलाका प्रहरी कार्यालय गर्खाकोटमा मु’द्दा नै द’र्ता गराए।
गाउँ गए स’म्बन्ध-विच्छेद गराउने र जतिखेर पनि आ’क्रमण हुनसक्ने ड’रले आफूहरू गाउँ जान नसकेको गणेशले बताए। सदरमुकाममा खान बस्न स’मस्या भएपछि गणेशले ज्याला म’जदुरी गर्छन् भने ज्योतिले सदरमुकाममै सानो घुम्तिमा खुद्रा पसल खोलेकी छिन् ।‘जेनतेन गु’जारा चलेको छ,’ गणेशले भने, ‘गाँउमा जान पाएको भए खेतीकिसानी गरेर जहान केटाकेटी पाल्थें, अहिले म साह्रै स’मस्यामा छु।’ यस अवधिमा उनीहरूका दुई छोरी जन्मिएका छन्। तर, अझै पनि माइती प’क्षको मन पग्लिएको छैन ।ज्योतिले भनिन्, ‘अहिलेको एक्काइसौं शताब्दीमा पनि जा’तभातको कुरा गरेर मलाई सामाजिक ब’हिष्कार गरेका छन्।’
उनीहरूलाई गाउँमै पु’नःस्थापित गराउन पहल नभएको पनि होइन। इलाका प्रहरी कार्यालयमा माइती प’क्षलाई बोलाएर यो जोडीलाई गाउँमा पुनःस्थापनाको लागि प’हल गर्नेक्रममा उल्टै प्रहरी कार्यालयमै आ’क्रमण भयो। तर, सहमति हुन सकेन। क’थित माथिल्लो जातका भनिने त्यहाँका ठकुरीले कुनै हालतमा यो विवाहलाई न’स्वीकार्ने बताएपछि आफूहरू फर्केर आएको राष्ट्रिय द’लित ने’टवर्कका जिल्ला अध्यक्ष गोपाल नेपालीले बताए। उनले अझै पनि जा’तीय वि’भेद कायमै रहेको बताउँदै यो समस्या राज्यले सु’ल्झाउनु पर्ने बताए। अन्नपुर्णपोष्ट