vada
Video

कृष्णले खुसी हुँदै भने ‘मलाई त छोरी मन पर्छ, तर भगवानले जे दिए पनि स्वीकार गर्छु’ (भिडियो हेर्नुस्)

काठमाडौं । रुपा र कृष्ण ओली विवाह भएको ३ वर्ष पछि अभिभावक बन्न लागेका छन् । रुपाले फेसवुकमा तस्बिर सार्वजनिक गर्दै यो कुरा खुलाएपछि अहिले उनीहरुलाई बधाइ दिनेको ओइरो लागेको छ । विवाह भएको भोलीपल्टै ठूलो दुर्घटनामा परेका कृष्णले हातखुट्टा गुमाएपछि पनि रुपाले दिएको साथ र माया माया गर्ने जोडीका लागि प्रेरणा दिने जोडी बनेको छ । अप्ठेरो अवस्थामा पनि कृष्णको साथ नछोडेकी रुपमा अहिले गर्भवती छन् ।

उनीहरुको बारेमा भिडियो सार्वजनिक भएपछि देश र विदेशवाट सहयोग गर्नेहरुको ओइरो लागेको थियो । अहिले सबैको सहयोग पाएर कृष्णले कृतिक हात खुट्टा लगाएका छन् । विवाह भएको तीन वर्ष बितेपछि आएको खुसी शेयर गर्दै रुपाले तस्बिर सहित स्टाटस पोष्ट गरेकी थिइन् । उनीहरुको तिन वर्षको वैवाहिक जिवनमा नयाँ सदस्यको आगमन हुने नयाँ कुराको जानकारी दिँदै सबै दर्शकसंग खुसी पनि साटेका छन् ।

शनिवार फेसवुकमा आफ्ना केही तस्बिर सार्वजनिक गरेकी रुपाले आफुहरुको विवाहको वार्षीक उत्सवलाई सामान्य तरिकाले मनाउने तयारी गरेको जनाएका छन् । एउटा केक काटेर विवाहको वार्षीक उत्सव मनाउन लागेको जनाएका छन् । आफुहरुको जिवनमा आएको त्यो निकै कहालीलाग्दो दिन कृष्णको दुर्घटनालाई आफ्नो जिवनवाट हटाउन चाहेको उनीहरुले बताएका छन् ।

सुर्खेतमा आफ्नो आन्टिको घरमा बसिरहेका रुपमा र कृष्णले आफ्नो खुसीको बारेमा पनि बताएका छन् । उनीहरुले आफुहरुको जिवनमा एक जना नयाँ सदस्य पनि आउन लागेको जानकारी पनि गराएका छन् ।
सानो भिडियो क्लीप बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेका उनीहरुले लकडाउनमा आफुहरुले अपनाएको सावधानीका विषयमा पनि बताएका छन् ।

उनीहरुले लकडाउनको बेलामा कोरोनावाट बच्न आफुहरुले पनि सावधानी अपनाएको बताएका छन् । उनीहरुले कोरोनालाई अब सामान्य एउटा भाइरसको रुपमा मात्र लिएको बताउँदै आत्मबल बलियो बनाएर बसेको बताएका छन् ।

कुनै सिर्जनात्मक काम गर्न नपाएको बताएका कृष्णले दुईजना बीचको सम्बन्ध र मायालाई अझ गाडा बढाउने प्रयन्त गरिरहेको जनाएका छन् । कृष्णले आफ्नो खुसी बाँड्दै भने, हिँजो सम्म दुई जना मात्र थियौं अब हाम्रो जिवनमा थप एक जना थपिने जानकारी दिन चाहन्छौं । उनीहरुले आफुहरुले सन्तानका रुपमा जे आए पनि खुसी हुने बताएका छन् ।

कृष्णले भने आफुलाई छोरी मन पर्ने बताएका छन् । कृष्णले मलाई त छोरा भन्दा छोरी मन पर्छ भन्दा रुपमा हाँसेकी थिइन् । उनले आगामी दिनमा पनि आफुहरुलाई सबैको साथ सहयोगको अपेक्षा गरेका छन् । उनले सबैको सहयोगले आफुले खुसी पाएको बताएका छन् । उनले भने आज हाम्रो एनिवर्सरी हो भोली मेरो एक्सिडेन्टको दिन हो एक्सिडेन्टको दिन विर्सेर हामीले एनिभर्सरीको दिन मात्र सम्झने कोशिष गरेका छौं ।Watch video

Related Articles

Back to top button