vada
News

सरिता गिरीको गरिमामय संसदमा बस्ने नैतिक आधार छैन – कमल थापा

काठमाडौँ, २६ जेठ । राष्ट्रिय प्रजातान्त्रीक पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट प्रतिनिधिसभाको सांसद रहनुभएकी सरिता गिरीले नैतिकताको आधारमा संसदमा बस्ने आधार नभएको बताउनुभएको छ ।

नेपालले नयाँ नक्सा जारी गर्नुअघि संसदमै भारत र चीनसँग नेपालले सोध्नुपर्ने, लिम्पियाधुरा नेपालको भूभाग नभएको बताउँदै सांसद गिरीले विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा लिम्पियाधुरा नेपालको भूभाग रहेको आफूले नस्विकार्ने बताउनुभएको छ ।

सोही प्रशंगलाई सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै अध्यक्ष थापाले थापाले की गिरीले आफ्नो भनाई फिर्ता लिनुपर्ने वा सांसदको पद छाड्नु पर्ने बताएका बताउनुभएको हो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘लिम्पियाधुरा नेपालको भूभाग होईन भन्नेरस्विकार गर्दिन भन्ने व्यक्तिलाई गरिमामय संसदमा रहने नैतिक आधार छैन । निजले आफ्नो भनाई फिर्ता लिनुपर्छ वा पद छाड्नु पर्छ ।’

Related Articles

Back to top button
Close