vada
Video

संसदभित्रै इण्डीयन जासुस छन् ,बोली सुन्दै मेरो रगत उम्लन्छ – गंगा चौधरी

काठमाण्डौ -पछिल्लो समय नेपालको संसद भवनमा राष्ट्रियाताको विषयलाई लिएर सांसदहरुबीच निकै नै चर्काचर्की भएको छ । नेकपा सांसद गंगा चौधरी र संघिय समाजबादीकी सांसद सरिता गिरीबीचको विवाद यतिखेर उत्कर्षमा पुगेको छ ।

जेठ १९ गते प्रतिनीधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद चौधरीले संसदमा भारतीय चेलीको दादागीरी बढ्दै गईरहेको बताएकी थिईन् । उनको अभिव्यक्तिमा आपत्ति जनाउँदै भारतीय चेलीको उपनाम पाएकी सांसद गिरीले सांसद चौधरीलाई गैर जिम्मेवारपुर्ण अभिव्यक्ति दिएकोमा माफि माग्नु पर्ने सभामुखसंग माग गरेकी थिईन् । साथै उनले भारतीय चेली नेपालको कानुन अनुसार नै संसदमा आएको पनि बताएकी थिईन् ।

सांसद गिरीसंगै संसद भवनमा अर्की सांसद अमृतादेवी अग्रहरीले पनि भारतीय चेली भनिएको विषयमा रोस प्रकट गरेकी थिईन् । सांसद चौधरीलाई माफि मगाईनु पर्छ भन्ने सांसद गिरीको अभिव्यक्तिले नै पछिल्लो समय मिडिया तताएको छ । र यो एउटा बहसको विषय नै बन्न पुगेको छ । यस विषयमा देश विदेशमा रहेका नेपाली जनताहरुले सांसद चौधरीको समर्थनमा आफ्ना सकारात्मक धारणाहरु पनि सार्वजनिक गरिरहेका छन् ।

यता सांसद चौधरीले इण्डीया माइती भएका चेलीलाई इण्डीयन चेलीनै भनिने र आफु उनिहरुको धम्कीबाट कति पनी नडराउँने स्पष्ट पारेकी छिन् ।
सांसद चौधरीले ओटिभि नेपाल सँगको अन्तवार्तामा नेपालको सदन भित्र भारतीय जासुस हरु रहेको भन्दै उनिहरुको बोली सुन्दा पनि आफ्नो रगत उम्लेर आउने बताईन । सांसद चौधरीले पटक पटक दोहोर्याउदै कहिले काहित आफ्नो पदिय मर्यादा भुलेरै तिनिहरु माथि खनिनुपर्छकी भन्ने लाग्ने गरेको पनि बताएकी छिन् । उनले आफ्नो भूमिको लागि अर्कोसँग सोध्नुपर्छ भन्नेहरुको भौतिक शरिर नेपालमा भएपनि आत्मा भारतमा रहेको उल्लेख गरिन ।

चौधरीले यस्ता खालका व्यक्तिहरुलाई राज्यले प्रदेश र संघमा हैन स्थानिय तहमा समेत ठाउँ दिन नहुने जिकिर गरिन । उनले नेपालको सांसदहरु सँग दुई दुई वटा नागरिकता रहेको भन्दै तत्काल अनुसंन्धान गरिनुपर्ने वताईन ।

Related Articles

Back to top button
Close