vada
Video

पूर्वयुवराज्ञी हिमानीको ‘लकडाउन डान्स’ भाइरल भयो (भिडियोसहित)

काठमाडौं / पछिल्लो समय लकडाउनका कारण अधिकांशको सामाजिक संजालमा ब्यस्त छन् । अहिले मानिसहरुको पहिलो रोजाइमा टिकटकमा छ ।टिकटकमा जो कोहीको स्वरमा रहेको गीतमा अभिनय गर्न मिल्दछ । पूर्वअधिराजकुमारी हिमानी शाह र उनकी छोरी पूर्णिका शाह पनि लकडाउनको फुर्सदिलो समयमा टिकटकमा रमाएको देखिन्छ । उनिहरूले टिकटकमा गरेको डान्स निकै चर्चामा छ।हिमानी हँसिलो मुहारकासाथ गरेको डान्सको निकै तारिफ पाइरहेको छ । हेराैँ उनको लकडाउन डान्सको भिडियो :
https://vm.tiktok.com/orvgsq/

अन्य समाचार : लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय लोकप्रिय गायक रामचन्द्र काफ्लेले रक्षा गरौं सिमाको अब ,तब बन्छ राष्ट्र बोलको राष्ट्रप्रेमले ओतप्रोत गीतको भिडियो सार्वजनिक गरेका छनु । पछिल्ला दिनमा भारतले नेपाली सीमानामा देखाएको दानवीय ब्यबहारका कारण सारा नेपालीलाई नै जागरुक बनाउँदै गायक काफ्लेले रक्षा गरौं सिमाको अब ,तब बन्छ राष्ट्र भन्दै आव्हमन गरेका हुन् ।

गायक काफ्लेकै संगीतमा तयार भएको गीतमा जुनु रिजालको स्वर रहेको छ भने गीतका शब्द सुरेन्द्र केसीका हुन् । भिडियोमा हरिवंश आचार्य, शिवहरि पौडेल, किरण केसी, पूजा शर्मा, युवराज चौलागाई,आकाश श्रेष्ठको अभिनय रहेको छ ।

त्यस्तै भिडियोमा फिलिप डिसी, सुवास रेग्मी, हरि बहादुर थापा, रुपक डोटेल, अनिल थापा, निरज काफ्ले, दिपेन्द्र ढकाल, जोनिश खनाल, बिनोद क्षेत्री, कृष्णराम वस्ती, लगायतका कलाकारहरुको अभिनय रहेको छ । दिपेन्द्र केसीको निर्देशन रहेको भिडियोबाट आँफुले धेरै नै आशा गरेको गायक काफ्लेले बताएका छन् । भिडियो युट्युवमा सार्वजनिक गरे लगत्तै राम्रो चर्चा पाइरहेको छ ।

Related Articles

Back to top button