vada
News

२०२० को अन्त्यसम्म कोरोनाभाइरस भ्याक्सिनको २ करोड डोज तयार हुने

काठमाडौं। जर्मनीको बायोएनटेक कम्पनीसँग मिलेर कोरोनाभाइरस विरुद्धको भ्याक्सिन विकासको काम गरिरहेको अमेरिकी औषधी निर्माता कम्पनी फाइजरले २०२० को अन्त्यसम्म २ करोड डोज भ्याक्सिन उत्पादन गर्ने लक्ष्य राखेको छ । परीक्षण परिणामको आधारमा यो डोज तयार हुने कम्पनीले जनाएको छ । कम्पनीका प्रमुखले बिहीबार यसको जानकारी दिएका हुन् ।

फाइजर भ्याक्सिनका प्रमुख नानेट कोसियेरोले भने ‘निश्चित रुपमा हामीले यो हेर्नु र प्रतिक्षा गर्नु जरुरी छ कि आगामी महिनामा भ्याक्सिनको सुरक्षा र प्रभावकारिता कसरी प्रदर्शित हुन्छ । उनले यो वर्षको अन्त्यसम्म १ देखि १ करोड उत्पादनको प्रयास गरिरहेको जानकारी दिँदै आपतकालीन अवस्थामा यो औषधीको उपयोग गर्न सकिने आशा व्यक्त गरे ।

यी दुई कम्पनीले कोरोनाभाइरसका लागि ४ सम्भावित भ्याक्सिनमा काम गरिरहेका छन् । यी मम्पनीले अप्रिल महिनाको सुरुमा जर्मनीमा यसको क्लिनिकल ट्रायल सुरु गरेका थिए । एउटा नयाँ भ्याक्सिनले सामान्य उपयोगका लागि अनुमति पाउन वर्षौं लाग्न सक्छ तर कोभिड १९ महामारीलाई हेर्दा यो भाइरसविरुद्ध प्रयोगात्मक भ्याक्सिनलाई आपतकालीन स्थितिमा प्रयोगको अनुमति चाँडै दिन सकिन्छ ।

विश्व स्वास्थ्य संगठनले प्रयोगात्मक भ्याक्सिन तयार गर्न १२ देखि १८ महिना लाग्न सक्ने बताएको थियो । लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका अनुसार विश्वभरमा १०० भन्दा धेरै प्रयोगशालाहरु कोरोनाको भ्याक्सिन तयार गर्न जुटेका छन् । तर, अहिलेसम्म ७ प्रयोगशाला मात्र क्लिनिकल ट्रायलको चरणमा पुग्न सकेका छन् ।

Related Articles

Back to top button
Close