News

बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौं : सोमबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार ५ सय रुपैयाँ कायम भएको हो । आइतबार तोलाको ८७ हजार ४ सय रुपैयाँ तोकेर बजार खुला गरिएको थियो । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ६५ रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेर ९३० रुपैयाँ पुगेको छ ।

लक डाउनपछि आइतबार पहिलो पटक सुनको भाउ निर्धारण गरिएको थियो । जस अनुसार लक डाउन अघिको भन्दा प्रतितोला भाउ १० हजार ४ सय रुपैयाँले बढेको थियो । भन्सार दर बढाइनु अनि लक डाउनमा विश्व बजारमा सुनको भाउ पनि वृद्धि भएकाले मूल्य चुलिएको व्यवसायीको भनाई छ ।

Related Articles

Back to top button
Close