vada
News

३२ जना प्रहरी अधिकृत र जवान कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अग्रपंत्तिमा खटदै आएका ३२ जना प्रहरी अधिकृत तथा जवान कोरोना संक्रमित भएका छन् । शनिबार थप दुई जना प्रहरीको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमित प्रहरीको संख्या ३२ पुगेको हो । त्यसमध्ये प्रदेश २ मा खटिएका मात्रै २२ जना रहेको प्रहरीले जनाएको छ ।

संक्रमितमध्ये १४ जना प्रहरी निको भएर होम क्वारेन्टाइनमा छन् । बाँकीको विभिन्न अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको प्रहरी प्रवक्ता निरजबहादुर शाहीले जानकारी दिएका छन् ।

प्रदेश–२ मा प्रहरी निरीक्षकसहित २२ जनामा संक्रमण देखिएको र त्यसमध्ये ७ जना निको भएर ब्यारेकमै आराम गरिरहेको प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिनुभयो । सिंहका अनुसार २ नम्बर प्रदेश सभामा खटिएका प्रहरीका ५ मर्यादापालक समेत संक्रमित छन् ।

Related Articles

Back to top button
Close