vada
News

लुँडोमा हारेपछि श्रीमानद्वारा श्रीमतीलाई लात्ती प्र’हार, श्रीमती अस्पतालमा

एजेन्सी । अनलाइन लुँडोमा श्रीमानले हारेको रिसमा श्रीमतीमाथि उनले लात्ती प्र’हार गरेका छन् । २૪ वर्षीय महिला अहिले अस्पतालमा उपचार गरिरहेकी छिन् । उनको मेरुदण्डमा असर परेको छ । सुन्दा अचम्म लागे पनि यो भारतको गुजरात प्रदेशको भाडोडरा सहरको यथार्थ घटना हो । परिवारको आर्थिक सहयोगको लागि ती महिलाले घरमा ट्युसन पढाउँथिन् । उनले आफ्नो श्रीमान समाजका अरुसँग कुरा गर्नुको साटो घरमै बसोस् भन्ने चाहन्थिन । उनले श्रीमानलाई लुँडो खेल्न भनिन् र श्रीमानले स्वीकार गरे तर उनले तीन चार पटक लगातार हारे ।

हारेपछि श्रीमानले श्रीमतीसँग झ’गडा गर्न थाले । झ’गडाले उग्र रुप लिएपछि श्रीमानले श्रीमतीमाथि लात ब’र्साए । प्राइभेट इलेक्ट्रोनिक्स कम्पनीमा काम गर्ने श्रीमानले दुई जनाको लागि प्रशस्त पैसा कमाएका थिए तर उनीहरुलाई घरको लोन तिर्नु थियो । जसले गर्दा श्रीमतीले घरमा ट्युसन पढाउन थालेकी थिईन् । घाइते श्रीमतीले उपचारपश्चात् माइत गई बुवाआमासँग बस्ने बताएकी छिन् भने श्रीमानले भने गल्ती स्वीकार गरी माफी माग्ने बताएका छन् ।

यो पनि पढ्नुहोस : लकडाउनले जनवारलाई आनन्द : सडकमै भेटियो सिंहको बथान

लकडाउनसँगै राष्ट्रिय निकुञ्जमा मानिसको चहलपहल घटेको छ । यति नै बेला दक्षिण अफ्रिकामा सिंहको बथान सडकमा निस्किएको छ । ‘यो बथान प्राय निकुञ्ज आउने पर्यटकले देख्न नपाउनेगरी केम्पिआना कन्ट्राक्चुयल पार्कमा बस्थ्यो,’ क्रुगर राष्ट्रिय निकुञ्जले बुधबार ट्वीटरमा लेखेको छ,‘आजको मध्यान्ह उनीहरु अर्फेन रेस्ट क्याम्पबाहिर सडकमै सुतिरहेका थिए ।’

सामान्य दिनमा यो क्षेत्रमा पर्यटकको भीड हुन्थ्यों, तर २५ मार्चयता देशभर भइरहेको लकडाउनका कारण क्रुगर बन्द गरिएको छ । ‘दिउँसै सडकमा पल्टनु अस्वभाविक छ किनकी सामान्य परिस्थितीमा यहाँ भीड जम्मा हुन्छ र उनीहरु घाँसमै गएर बस्छन्,’ पार्कका प्रवक्ता इसायक फाल्लाले सीएनएनसँग भने ।

फोटोमा फरक देखिएपनि लकडाउनले जनावरको व्यवहारमा धेरै फरक नपारेको फाल्लाले बताए । ‘अन्य समयमा पर्यटक आउने भएकाले उनीहरु यो ठाउँमा आउदैन थिएन, अहिले आएका छन् । फरक यति नै हो,’ उनले भने ।

यसअघि सुरुआतमा दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामफोसाले २१ दिने लकडआउन घोषणा गरेका थिए, तर ८ अप्रिलमा फेरि अर्को घोषणा गर्दै यस महिनाभर लकडाउन जारी रहने बताए ।

Related Articles

Back to top button
Close