News

को रोनाका कारण ज्या न गुमाउनेको संख्या १४ पुग्यो : स्याङजामा एक जनाकाे मृ त्यु

स्याङजा – को रोना स ङ्क्रमणका कारण थप एक जनाको ज्या न गएको छ । को रोना स ङ्क्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आइसोलेशनमा राखिएका स्याङजा वालिङ नगरपालिकाका ६० वर्षका पुरुषको ज्या न गएको गण्डकी प्रदेश को रोना नि यन्त्रण तथा रो कथाम कार्यक्रममा प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

योसँगै नेपालमा को रोना स ङ्क्रमणका कारण ज्या न गुमाउनेको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको जानकारी नियमित पत्रकार सम्मेलनमा दिनेछ । नेपालमा अहिलेसम्म ३४ सय ४८ जनामा को रोना पुष्टि भएकोमा ४ सय ६७ जना उपचारपछि निको भएका छन् ।

अहिले पनि १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टीनमा र २९ सय ६८ जना आइसोलेशनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ९६ हजार २ सय ५ जनाको पीसीआर र १ लाख ४५ हजार ४९ जनाको आरडीटी विधिबाट को रोना परीक्षण गरिएको छ ।

Related Articles

Back to top button
Close