vada
News

कतार अमिरको घोषणा : महामारीविरुद्ध २० मिलियन डलर सहयोग

दोह। कतारले महामारीविरुद्ध खोप र खोपका लागि विश्वव्यापी गठबन्धनका लागि २० मिलियन अमेरिकी डलर सहयोगको घोषणा गरेको छ ।

कतारी अमिर तमिम बिन हमाद अल थानीले बिहीबार गठबन्धनको भिडिओ सम्मेलनको क्रममा यस्तो घोषणा गरेका हुन् । गठबन्धनको सम्मेलनले आवस्यक औषधि र मेडिकल उपकरण सबै देशमा पुर्याउने काममा एकजुट भएर काम गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको थियो ।

साथै कोरोनाभाइरस विरुद्धको संघर्षको क्रममा कतारले विश्व स्वास्थ्य संगठनलाई सहायता गर्ने जनाएको छ । कतारका अमिरले सम्मेलनमा यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

‘कोभिड १९ महामारी समग्र मानव जातिका लागि एक अभुतपूर्व चुनौती र खतरायुक्त छ । खोपको अभावमा कतिपय देशले दुईवटा छनोट गर्नुपरेको छ, तर ती दुबै छनोट तिता छन् ।

अर्थव्यवस्थालाई आशक्त पार्ने गरी लकडाउनको निरन्तरता वा अर्थतन्त्रलाई जोगाएर मानव जीवन जोखिममा राख्नु,’ कतारी अमिरले भनेका छन् ।

कतारी अमिरले महामारीका बीचमा २० भन्दा धेरै देशमा मेडिकल सहायता उपलब्ध गराएका छन् । अमिरले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई गठबन्धन देशको भिडिओ कन्फ्रेन्स आयोजना गरेकोमा धन्यवाद समेत दिएका थिए ।

Related Articles

Back to top button
Close