vada
News

अमिताभ बच्चनले यि अभिनेत्रीलाई आफ्नो घरमा भाडामा किन राखे ? महिनामा तिर्छिन् लाखौं रुपैया

एजेन्सी । अमिताभ बच्चनलाई बलिउडका सबैभन्दा धनी कलाकामा गनिन्छ । पछिल्लो समय उनले आफ्नो एउटा सम्पत्ति बैंकलाई भाडामा दिएका थिए, जसको बारेमा उनी चर्चामा थिए । अमिताभले यो सम्पत्ति लाखौंमा भाडामा लिएको खबर आएपछि अहिले चर्चित अभिनेत्री कृति सेनन पनि अमिताभको घरमा भाडामा बस्न लागेको खबर आएको छ । कृतिले अमिताभको अंधेरी क्षेत्रमा रहेको डुप्लेक्स फ्ल्याट भाडामा लिएकी छिन् । कृति सेननले यो फ्ल्याटमा दुई वर्ष बस्ने सम्झौता गरेको बताइएको छ । यो फ्ल्याटका लागि कृतिले मोटो सेक्युरिटी रकम (अग्रिम) तिरेको र यसबाट कृतिले महिनामा लाखौं भाडा तिर्ने समेत बताइएको छ ।

अमिताभले करोडौंमा किनेका थिए यो फ्ल्याट
बलिउड अभिनेता अमिताभ बच्चनले सन् २०२० मा निर्माणाधीन सम्पत्ति किनेका थिए, त्यसपछि सन् २०२१ मा यो सम्पत्ति दर्ता भएको थियो । रिपोर्टका अनुसार यो डुप्लेक्स लग्जरी फ्ल्याट अमिताभ बच्चनले ३१ करोड भारुमा किनेका थिए । मुम्बईको अंधेरी क्षेत्रमा रहेको अमिताभ बच्चनको यो डुप्लेक्स अपार्टमेन्ट २७ र २८ औं तलामा छ ।

कृति सेननले यति लाख भाडा तिर्ने
स्रोतका अनुसार अमिताभ बच्चनको यो डुप्लेक्स फ्ल्याटका लागि कृति सेननले प्रति महिना १० लाख रुपैयाँ तिर्ने छिन् । रिपोर्टका अनुसार कृति सेननले सेक्युरिटीका लागि मात्रै ६० लाख रुपैयाँ तिरेकी अग्रिम तिरेकी छन् । यस सम्पत्तीको लागि सम्झौता भइसकेको छ। कृतिले दुई वर्षका लागि भाडामा लिएकी छिन् । अमिताभ बच्चनले सेप्टेम्बर महिनामा आफ्नो जुहू सम्पत्ति स्टेट बैंक इन्डियालाई भाडामा दिएका थिए। अमिताभले यो सम्पत्ति बैंकलाई पन्ध्र वर्षको लागि भाडामा दिएका छन् र यसका लागि उनलाई बैंकले १२ महिनाको अग्रिम भाडा पनि दिएको छ, जुन करोडमा पर्छ ।

Related Articles

Back to top button